ब्रिगेडमाथि ब्वाइज युनियनको रोमाञ्चक जित

Published on

काठमाडौँ । ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबमाथि रोमाञ्चक जित निकालेको छ । एन्फा मैदान सातदोवाटोमा शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइजले ब्वाइज युनियनलाई ३–२ गोलले हरायो । ब्रिगेडको जितमा दोर्जे तामाङले २९औँ, सुजित वुढाथोकीले ६६औँ र मिलन लिम्बुले ७१औँ मिनेटमा गोल गर्नुभयो । यस्तै ब्वाइज युनियनका लागि रोमन श्रेष्ठले ७९औँ र आशिष गुरुङले ८७औँ मिनेटमा गोल फर्काएपनि टोलीको हार टरेन । जितसँगै ब्वाईजले नौ खेलबाट १५ अङ्क बनाएको छ । ब्रिगेडको समान खेलबाट १२ अङ्क छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच भिडन्त भइरहेको छ । लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...