बागमतीको डाइभर्सन बाढीले बगायो, यातायात अवरुद्ध

Published on

काठमाडौँ । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक खण्ड वर्षाका कारण अवरुद्ध भएको छ । शनिवार रातिबाट परेको पानीका कारण सवारी साधन आवत–जावत गर्न बनाएको डाइभर्सन बाटो बगाएकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । आज आइतवार बिहानदेखि मकवानपुर र ललितपुरको सिमानास्थित मकवानपुरको भीमफेदी गाउँपालिका –८ र ललितपुरको बागमती गाउँपालिका –२ मा बागमती नदीमा बनाइएको डाइभर्सन बाटो बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरी टोलीले अवरुद्ध बाटो खुलाउने पहल गरिरहेको उहाँले बताउनुभयो ।

प्रशासनले यसअघि कान्ति लोकपथ सडकको मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारका लागि वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द रहने जानकारी दिएको थियो । निरन्तर वर्षा भइरहेकाले हेटौँडा–काठमाडौँ यात्रा गर्दा सुरक्षित भएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ । यात्रा गर्नुपूर्व सडकको अवस्था बुझेर यात्रा गर्न आग्रह गरिएको छ ।

spot_img

ताजा समाचार

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...