‘सरकारले सबै समस्या समाधान गर्छ’

Published on

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सङ्घीय सांसद डा. शेखर कोइरालाले नेपाली कांग्रेस र एमालेको सरकारले वर्तमान अवस्थामा हरेक समस्याको कारण खोजी गर्दै त्यसको समाधान गर्ने बताउनुभएको छ । नेपाल थारू सङ्घ जिल्ला समिति नवलपुरको पहिलो जिल्ला अधिवेशनको सन्दर्भमा शनिबार थारू सङ्ग्रहालयको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । डा. कोइरालाले पार्टीले पहिलो पटक थारूको छुट्टै सङ्गठनको अनुमति दिएको भन्दै थारू संस्कार र संस्कृतिको विकासमा सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले संसद्मा रहेका दुई ठुला दलको सरकारले हरेक पक्षको समान दायित्व बोकेर अघि बढेमा यो सरकार आलोपालोको अवधिसम्म टिक्ने बताउनुभयो । सरकारले ल्याएको नीति तथा कार्यक्रममा एक दलको मात्र दायित्व नहुने भएकाले संयुक्त सरकारको चाहना र इच्छा अनुसार छोटो र सरल विकासवादी चिन्तन बोकेर आएको उहाँले उल्लेख गर्नुभयो  ।

नेता कोइरालाले कांग्रेस महाधिवेशन विधानबमोजिम हुनेमा शङ्का नगर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । मुलुकमा आएका हरेक विवादको समाधान वार्ताबाट गर्नुको विकल्प नरहेको भन्दै नेता कोइरालाले समाजको विकास र जनचाहनाबमोजिम अघि बढ्नु नै अहिलेको उत्तम विकल्प भएको बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले मुलुककमा देखिएका हरेक समस्याको समाधान गर्नुपर्ने बताउँदै सबैलाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, उदयशमशेर राणा, योगेन्द्र चौधरीले नेपाली कांग्रेस मुलुकको अग्रगामी परिवर्तनका लागि जिम्मेवार भएर अघि बढेमा मात्र मुलुकको विकास सम्भव रहेको बताउनुभयो । शनिबारै नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा डा। कोइरालाले स्वतन्त्र प्रेस आजको मूल आवश्यकता भएकाले सबै लोकतन्त्रवादी यसको संस्थागत विकासमा दत्तचित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै नेता कोइरालाले आउँदो मङ्सिरमा पार्टीको महाधिवेशन भएको चार वर्ष पुग्ने हुँदा कुनै पनि हालतमा मङ्सिर मसान्तभित्र महाधिवेशन हुनुपर्नेमा जोड दिनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...