‘सरकारले सबै समस्या समाधान गर्छ’

Published on

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सङ्घीय सांसद डा. शेखर कोइरालाले नेपाली कांग्रेस र एमालेको सरकारले वर्तमान अवस्थामा हरेक समस्याको कारण खोजी गर्दै त्यसको समाधान गर्ने बताउनुभएको छ । नेपाल थारू सङ्घ जिल्ला समिति नवलपुरको पहिलो जिल्ला अधिवेशनको सन्दर्भमा शनिबार थारू सङ्ग्रहालयको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । डा. कोइरालाले पार्टीले पहिलो पटक थारूको छुट्टै सङ्गठनको अनुमति दिएको भन्दै थारू संस्कार र संस्कृतिको विकासमा सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले संसद्मा रहेका दुई ठुला दलको सरकारले हरेक पक्षको समान दायित्व बोकेर अघि बढेमा यो सरकार आलोपालोको अवधिसम्म टिक्ने बताउनुभयो । सरकारले ल्याएको नीति तथा कार्यक्रममा एक दलको मात्र दायित्व नहुने भएकाले संयुक्त सरकारको चाहना र इच्छा अनुसार छोटो र सरल विकासवादी चिन्तन बोकेर आएको उहाँले उल्लेख गर्नुभयो  ।

नेता कोइरालाले कांग्रेस महाधिवेशन विधानबमोजिम हुनेमा शङ्का नगर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । मुलुकमा आएका हरेक विवादको समाधान वार्ताबाट गर्नुको विकल्प नरहेको भन्दै नेता कोइरालाले समाजको विकास र जनचाहनाबमोजिम अघि बढ्नु नै अहिलेको उत्तम विकल्प भएको बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले मुलुककमा देखिएका हरेक समस्याको समाधान गर्नुपर्ने बताउँदै सबैलाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, उदयशमशेर राणा, योगेन्द्र चौधरीले नेपाली कांग्रेस मुलुकको अग्रगामी परिवर्तनका लागि जिम्मेवार भएर अघि बढेमा मात्र मुलुकको विकास सम्भव रहेको बताउनुभयो । शनिबारै नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा डा। कोइरालाले स्वतन्त्र प्रेस आजको मूल आवश्यकता भएकाले सबै लोकतन्त्रवादी यसको संस्थागत विकासमा दत्तचित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै नेता कोइरालाले आउँदो मङ्सिरमा पार्टीको महाधिवेशन भएको चार वर्ष पुग्ने हुँदा कुनै पनि हालतमा मङ्सिर मसान्तभित्र महाधिवेशन हुनुपर्नेमा जोड दिनुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...