कैदीबन्दीलाई शैक्षिक सामग्री सहयोग

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा शार्कीले जिल्ला कारागार कञ्चनपुरमा रहेका कैदीबन्दीलाई सामग्री हस्तान्तरण गर्नुभएको छ । आइतबार कैदीहरुलाई खेलकुद योग, ध्यान तथा सकारात्मक सोच सम्बन्धी तालिमको उद्घाटन गर्नुहुँदै मन्त्री शार्कीले खेलकुद लगायत शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । पाँच दिने योग शिविरमा योगगुरु गणेश भट्ट, पवन कुमार पनेरु र इश्वरी बम चन्दले प्रशिक्षण गराइरहनुभएको छ । कारागारमा हाल क्षमता भन्दा झण्डै चारगुणा बढी कैदीबन्दी रहेका छन् ।

९५ जनाको क्षमता रहेको कारागारमा हाल २५ महिला र ४२८ पुरुष गरि ४ सय ५३ कैदीबन्दी रहेका छन् । विस। २०२४ सालमा निर्माण गरिएको उक्त कारागार भवन अहिले जिर्ण अवस्थामा रहेको छ । तालिमको उद्दघाटन गर्नुहुँदै मन्त्री शार्कीले कारागारको नयाँ भवन निर्माणका लागी मन्त्रालयले यसै वर्षदेखी प्रक्रिया थाल्ने प्रतिबद्धता जनाउनुभयो । गत आर्थिक वर्षमा मन्त्रालयले ३४ कोठे नयाँ कारागार भवन निर्माणका लागि भन्दै रातोकिताबमा ५० लाख विनियोजन गरिएको थियो । तर भवन निर्माणका लागि ठेक्का प्रक्रिया समेत अगाडि बढन नसक्दा कैदी व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनका जेलर रामदत्त जोशीले बताउनुभयो । भवन निर्माण प्रक्रिया सिघ्र अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...