कैदीबन्दीलाई शैक्षिक सामग्री सहयोग

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा शार्कीले जिल्ला कारागार कञ्चनपुरमा रहेका कैदीबन्दीलाई सामग्री हस्तान्तरण गर्नुभएको छ । आइतबार कैदीहरुलाई खेलकुद योग, ध्यान तथा सकारात्मक सोच सम्बन्धी तालिमको उद्घाटन गर्नुहुँदै मन्त्री शार्कीले खेलकुद लगायत शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । पाँच दिने योग शिविरमा योगगुरु गणेश भट्ट, पवन कुमार पनेरु र इश्वरी बम चन्दले प्रशिक्षण गराइरहनुभएको छ । कारागारमा हाल क्षमता भन्दा झण्डै चारगुणा बढी कैदीबन्दी रहेका छन् ।

९५ जनाको क्षमता रहेको कारागारमा हाल २५ महिला र ४२८ पुरुष गरि ४ सय ५३ कैदीबन्दी रहेका छन् । विस। २०२४ सालमा निर्माण गरिएको उक्त कारागार भवन अहिले जिर्ण अवस्थामा रहेको छ । तालिमको उद्दघाटन गर्नुहुँदै मन्त्री शार्कीले कारागारको नयाँ भवन निर्माणका लागी मन्त्रालयले यसै वर्षदेखी प्रक्रिया थाल्ने प्रतिबद्धता जनाउनुभयो । गत आर्थिक वर्षमा मन्त्रालयले ३४ कोठे नयाँ कारागार भवन निर्माणका लागि भन्दै रातोकिताबमा ५० लाख विनियोजन गरिएको थियो । तर भवन निर्माणका लागि ठेक्का प्रक्रिया समेत अगाडि बढन नसक्दा कैदी व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनका जेलर रामदत्त जोशीले बताउनुभयो । भवन निर्माण प्रक्रिया सिघ्र अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...