‘प्राध्यापक अध्यापनमा मात्रै सिमित नभई अध्ययन अनुसन्धानमा पनि लाग्नुपर्छ’

Published on

काठमाडौँ । प्राध्यापकहरु अध्यापनमा मात्रै सिमित नभई अध्ययन अनुसन्धानमा पनि लाग्नुपर्ने वरिष्ठ प्राडाहरुले बताउनुभएको छ । विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुर र मङ्गल बहुमुखी क्याम्पस कीर्तिपुर काठमाडौंको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न भएको तीन दिने जर्नल आर्टिकल लेखन कार्यशालामा प्राध्यापकहरु अध्यापनमा मात्रै सिमित नभई अध्ययन अनुसन्धानमा पनि लाग्नुपर्ने मङ्गल रिसर्च जर्नलका प्रधान सम्पादक प्राडा लक्ष्मीबहादुर महर्जनले बताउनुभएको हो ।

उहाँले अनुसन्धानमा नयाँ तथ्य पत्ता लगाउन प्राध्यापकहरु लाग्नुपर्ने आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्तै, जर्नल अफ हेल्थ प्रोमोशनका प्रधान सम्पादक प्राडा श्यामकृष्ण महर्जनले अनुसन्धानले व्यक्तित्व विकासमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमका आयोजक तथा मङ्गल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रदीप महर्जन, गोष्ठी संयोजक एवं गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक उपेश महर्जन, क्याम्पसका व्यवस्थापन समितिका सदस्य अजय सिंह लगायतले अनुसन्धानको महत्वबारे चर्चा गर्नुभएको थियो । वैशाख १८ देखि २० गतेसम्म आयोजित जर्नल आर्टिकल लेखन कार्यशाला गोष्ठीमा प्राडा लक्ष्मीबहादुर महर्जन, प्राडा श्यामकृष्ण महर्जन, त्रिवि शिक्षाशाश्त्र सङ्कायका प्राडा रमेश अधिकारीले जर्नल आर्टिकल लेखनका विविध विषयमा केन्द्रित भई प्रशिक्षण दिनुभएको थियो ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...