मध्यपुरमाथि वीरगन्जको कठिन जित

Published on

काठमाडौँ । वीरगन्ज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनमाथि कठिन जित निकालेको छ । एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा वीरगन्जले मध्यपुरलाई १–० गोलले हरायो । जितसँगै नौ खेलबाट १५ अङ्क बनाएको वीरगन्ज तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट आठ अङ्क बनाएको मध्यपुरलाई रेलिगेसनको दाबाब बढेको छ । प्रतिस्पर्धात्मक खेलमा वीरगन्जलाई जिताउन अमित बच्चरले ४२औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । मध्यपुरको गोल फर्काउने प्रयास सफल भएन । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा जारी लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच भिडन्त भइरहेको छ । लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...