अबैध कपडासहित ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

Published on

काठमाडौँ । किराना सामानभित्र लुकाई छिपाई लैजाँदै गरेको १८ पोका लत्ताकपडासहितको ट्रक सशस्त्र प्रहरीले पाल्पाबाट नियन्त्रणमा लिएको छ । रुपन्देहीको भैरहवाबाट म्याग्दितर्फ जाँदै गरेको लु. २ ख ५४५३ नम्बरको ट्रक पाल्पा जिल्लाको तानसेन नगरपालिका–१ राईडाडास्थित सिद्धार्थ राजमार्गबाट आइतबार राति १ः३० बजे नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रक नियन्त्रणमा लिने क्रममा चालक फरार भएका छन् भने ट्रकका सहचालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने २० वषीय मिखिल पुनलाई नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल मुख्यालयको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म पाल्पाबाट खटिएको सुरक्षा फौजले बिलबिजक नभएको अबैध कपडासहितको ट्रक नियन्त्रणमा लिएको हो । ट्रकमा किराना तथा खाद्यान्नका सामान भित्र १८ पोका लत्ताकपडा लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको छ । ट्रकमा रहेको किराना तथा खाद्यान्न सामानको विलविजक भेटिएको छ भने लत्ताकपडाकोे विलविजक नभएको पाइएको छ । रुपन्देहको सिद्धार्थनगर–४ गल्लामण्डी भैरहवाको प्रतिक किराना स्टोरबाट सम्झाना ट्रेडर्स म्याग्दी बेनी को नाममा बनाइएको बिलबिजकसहितको किराना सामानमा लुकाएर कपडा लैजान लगिएको थियो । नियन्त्रणमा लिएको ट्रक र सहचालक सहित आवश्यक कारबाहिका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा बुझाइएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...