धनकुटामा बस दुर्घटना : एकको मुत्यु, १४ जना घाइते

Published on

काठमाडौँ । धरानबाट धनकुटा आउँदै गरेको १ ख. २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । आज बिहान १०ः१५ बजेतिर धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक सडकबाट तल खस्दा दुर्घटना भएको हो ।

घाइतेमध्ये धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । अन्य घाइतेमा भोजपुरको षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको वराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक सुनसरीको धरान उपमनपा–१३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा रहनुभएको छ । साथै भोजपुर नगरपालिका–११ का सविना बराइली, सोही ठाउँका देवी टविक, धनकुटाको साँगुरीगढी गापा–६ का हंशबहादुर राई, भोजपुरको षडानन्द नगरपालिका–११ कापुर्णमाया तामाङ, भोजपुर नगरपालिका–११ का लिलाबहादुर श्रेष्ठ, धनकुटा साँगुरीगढी गाउँपालिका–६ का दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा–६ का धनकुमार विक पनि घाइने हुनुभएको प्रहरीले उल्लेख गरेको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...