भासिएको गाडी खोज्न भूगर्भविद्को टोली

Published on

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका–१७, गैरीगाउँमा एक्कासि जमिनमुनि भासिएर हराएको गाडीको विषयमा अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा आइपुगेको छ । मङ्गलबार बिहानबाट भूगर्भविद्को टोलीले घटनास्थलको स्थलगत अध्ययन थालेको हो । भूगर्भविद् नारायण अधिकारी, कृष्ण पाण्डे, मणि खनाल र स्याम्प्लर अमर थापासहितको टोलीले हराइरहेको गाडी खोज्न स्थलगत अध्ययन थालेको छ । भूगर्भविद्सहित बिहान घटनास्थलमा हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रवक्ता सविन न्यौपाने, वडा नं. १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, वडा नं. १७ का वडाध्यक्ष उद्धव सत्याल र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालसहितको टोली पुगेको हो ।

घटनास्थलको भौगोलिक अवस्था, माटोको सतह र घटनाको कारणबारे तथ्याङ्कीय अध्ययन अध्ययन थालिएको विभागका भूगर्भविद् नारायण अधिकारीले जानकारी दिनुभयो । घटनास्थलको सतहमुनिको माटोको बनोट तह तथा भूमिगत जलको विषयमा अध्ययन गर्ने गरी केही उपकरण प्रयोग गर्ने तयारी गरिएको छ । टोलीले प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी चुम्बकीय क्षेत्रको विषयमा अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो । म्याग्नेटो मिटरका आधारमा भूगोलको चुम्बकीय क्षेत्र तथा पदार्थ ९एनोमेलिक० को अवस्था पत्ता लगाउने कार्यमा टोली जुटेको छ । टोलीले घटनास्थलको भूबनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रबारे अध्ययन गर्ने छ । खानी तथा भूगर्भ विभागबाट चार जनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । वैशाख १९ गते शुक्रबार दिउँसोबाट सडकमा भासिएर हराएको ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी पाँच दिन बितिसक्दा पनि फेला परेको छैन ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...