भासिएको गाडी खोज्न भूगर्भविद्को टोली

Published on

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका–१७, गैरीगाउँमा एक्कासि जमिनमुनि भासिएर हराएको गाडीको विषयमा अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा आइपुगेको छ । मङ्गलबार बिहानबाट भूगर्भविद्को टोलीले घटनास्थलको स्थलगत अध्ययन थालेको हो । भूगर्भविद् नारायण अधिकारी, कृष्ण पाण्डे, मणि खनाल र स्याम्प्लर अमर थापासहितको टोलीले हराइरहेको गाडी खोज्न स्थलगत अध्ययन थालेको छ । भूगर्भविद्सहित बिहान घटनास्थलमा हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रवक्ता सविन न्यौपाने, वडा नं. १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, वडा नं. १७ का वडाध्यक्ष उद्धव सत्याल र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालसहितको टोली पुगेको हो ।

घटनास्थलको भौगोलिक अवस्था, माटोको सतह र घटनाको कारणबारे तथ्याङ्कीय अध्ययन अध्ययन थालिएको विभागका भूगर्भविद् नारायण अधिकारीले जानकारी दिनुभयो । घटनास्थलको सतहमुनिको माटोको बनोट तह तथा भूमिगत जलको विषयमा अध्ययन गर्ने गरी केही उपकरण प्रयोग गर्ने तयारी गरिएको छ । टोलीले प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी चुम्बकीय क्षेत्रको विषयमा अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो । म्याग्नेटो मिटरका आधारमा भूगोलको चुम्बकीय क्षेत्र तथा पदार्थ ९एनोमेलिक० को अवस्था पत्ता लगाउने कार्यमा टोली जुटेको छ । टोलीले घटनास्थलको भूबनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रबारे अध्ययन गर्ने छ । खानी तथा भूगर्भ विभागबाट चार जनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । वैशाख १९ गते शुक्रबार दिउँसोबाट सडकमा भासिएर हराएको ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी पाँच दिन बितिसक्दा पनि फेला परेको छैन ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...