डिजिटल युग सुहाउँदो बनाउन पुनर्संरचना आवश्यक छ : प्रचण्ड

Published on

काठमाडौँ । गोरखापत्र एक सय २५ वर्ष प्रवेशको अवसरमा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुभकामना दिनुभएको छ । शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले डिजिटल युग सुहाउँदो पुनर्संरचना आवश्यक भएकोमा जोड दिनुभएको छ । ‘‘१९५८ वैशाख २४ देखि निरन्तर प्रकाशित गोरखापत्र नेपाली पत्रकारिताको ऐतिहासिक संस्था हो । नेपाली पत्रकारिताको संस्थागत विकासमा यसको महत्वपूर्ण योगदान छ’’, उहाँले भन्नुभयो, ‘‘राष्ट्रको इतिहास र सभ्यता जोडिएको यस संस्थालाई अहिलेको डिजिटल युग सुहाउँदो बनाउन आन्तरिक सुधार तथा पुनर्संरचना आवश्यक छ ।’’

नेपालको प्रतिष्ठित सरकारी सञ्चारमाध्यम गोरखापत्र दैनिकको १२५औँ वार्षिकोत्सवको अवसरमा प्रधान सम्पादक, कर्मचारी, व्यवस्थापनसहित गोरखापत्र परिवार र समस्त पाठक वर्गमा हार्दिक बधाइका साथ शुभकामना व्यक्त गर्नुभएको हो । पछिल्लो समय गोरखापत्रले नेपाली सञ्चार जगतमा आफ्नो मौलिक पहिचानसहित नयाँ–नयाँ फिचरको अभ्यास गर्नु महत्वपूर्ण भएको उहाँको भनाइ छ । ‘‘सरकार, नागरिक र समाजबिचको सेतुका रूपमा प्रेसले तथ्यमा आधारित सूचना प्रवाह, जनमत निर्माण र उत्तरदायी शासनका लागि गोरखापत्रले नेतृत्व गर्ने मैले विश्वास लिएको छु’’, शुभकामना सन्देशमा भन्नुभएको छ ।

राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको नै रहन्छ । नागरिक सुसूचित हुन सक्दा मात्र लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ । ‘‘राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौथो अङ्गका रूपमा सञ्चार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुन सक्छ । यो भूमिका आगामी दिनमा अझ सशक्त बन्न सक्नुपर्छ । सही सूचना र जानकारीबाट सूचित हुने नागरिकको अधिकार प्रत्याभूत गर्न आमसञ्चार जिम्मेवार बन्न सक्नुपर्छ । आजको सन्दर्भमा आमसञ्चारको भूमिका र योगदानलाई प्रशंसा गर्नैपर्छ’’, उहाँले भन्नुभएको छ ।

चण्डले गोरखापत्रको बहुभाषिक प्रकाशनको अवधारणा आफ्नै महलमा भएको भन्दै यसलाई पिएसपी मोडलमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘‘गोरखापत्रको बहुभाषिक प्रकाशनको अवधारणा हाम्रै पहलमा गरिएको थियो । जसका कारण विविध भाषाभाषीलाई अपनत्व महसुस भएको छ । गोरखापत्रलाई राज्यकै पत्रिका बनाएर आवाजविहीनहरूको आवाज बनाएर दूरदराजमा लुकेका र पछाडि पारिएका समुदायको सामग्री प्रकाशन गर्ने माध्यम बनाउनु पर्छ । यसका लागि सार्वजनिक प्रसारण सेवा (पिएसबि) मोडलको रुपमा विकास गर्नु पर्ने आवश्यकता देखिएको छ’’, उहाँले भन्नुभएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...