ब्रह्मले देखेको लेख्न गोरखापत्र आज स्वतन्त्र छ : प्रधानमन्त्री ओली

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गोरखापत्र ब्रह्मले देखेको लेख्न स्वतन्त्र रहेको बताउनुभएको छ । हिजो राणा र राजाको शासनमा राज्यको इसारामा चल्नुपर्ने बाध्यता बोकेका गोरखापत्रका सम्पादक आज लेख्नका लागि स्वतन्त्र रहेको उल्लेख गर्नुभएको हो । गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानन्त्री ओलीले यस्तो बताउनुभएको हो । ‘‘गोरखापत्रले धेरै उतारचढाब देखेको छ । यसलाई झेलेको छ । कत्ति गाह्रो थियो होला सम्पादकीय लेख्न ? आज तपाईं के सम्पादकीय लेख्नुहुन्छ ? कहिल्यै सरकारबाट दबाब हुँदैन । प्रधानमन्त्रीबाट दबाब र नियन्त्रण केही छैन । आज तपाईंहरु आफ्नो ब्रह्मले देखेको जे सुकै लेख्न स्वतन्त्र हुनुहुन्छ ।’

गोरखापत्रको १२५ औं वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुँदै गोरखापत्र, गोरखापत्र परिवार, गोरखापत्रका पाठक र अध्ययता सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले अब प्रविधिले फड्को मारेको र डिजिटल युगमा एआईको प्रयोग गरेर छिटो काम गर्न सकिने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले एकसाथ परिवर्तन नभए पनि गोरखापत्रमा विस्तारै परिवर्तन भइरहेको बताउनुभयो । १०४ वर्षको उथलपुथल, राज र राणाको पारिवारिक द्वन्द्व स्वार्थलाई देखेको गोखापत्रले आजको परिवर्तनलाई अंगिकार गर्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले पञ्चायतमा राणा शासनलाई जहानियाँ भन्दा राजतन्त्रलाई किन नभन्ने भन्ने विषय आएको उल्लेख गर्नुभयो । उहाँले गोरखापत्रले राजनीतिक परिवर्तन र निर्ममतासँगै योद्धाले आवाज उठाउँदा बिना कारण दुःख दिएको कुरा उठाएको सम्झना गर्नुभयो । प्रधानमन्त्री ओलीले गोरखापत्रको वार्षिकोत्सवको अवसरमा देशको राजनीतिक परिवर्तनका लागि संघर्ष गर्ने योद्धाकोसमेत सम्झना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज आफूले भन्दै आएको ‘समृद्ध नेपाल सुखी नेपाली’को विषय गोरखापत्रले १२४ वर्ष अगाडि लेखेको उल्लेख गर्नुभयो । ‘‘गोरखापत्रले १२४ वर्ष अगाडि ‘सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामय । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःख भाग्जनः ।’ लेखेको छ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...