ब्रह्मले देखेको लेख्न गोरखापत्र आज स्वतन्त्र छ : प्रधानमन्त्री ओली

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गोरखापत्र ब्रह्मले देखेको लेख्न स्वतन्त्र रहेको बताउनुभएको छ । हिजो राणा र राजाको शासनमा राज्यको इसारामा चल्नुपर्ने बाध्यता बोकेका गोरखापत्रका सम्पादक आज लेख्नका लागि स्वतन्त्र रहेको उल्लेख गर्नुभएको हो । गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानन्त्री ओलीले यस्तो बताउनुभएको हो । ‘‘गोरखापत्रले धेरै उतारचढाब देखेको छ । यसलाई झेलेको छ । कत्ति गाह्रो थियो होला सम्पादकीय लेख्न ? आज तपाईं के सम्पादकीय लेख्नुहुन्छ ? कहिल्यै सरकारबाट दबाब हुँदैन । प्रधानमन्त्रीबाट दबाब र नियन्त्रण केही छैन । आज तपाईंहरु आफ्नो ब्रह्मले देखेको जे सुकै लेख्न स्वतन्त्र हुनुहुन्छ ।’

गोरखापत्रको १२५ औं वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुँदै गोरखापत्र, गोरखापत्र परिवार, गोरखापत्रका पाठक र अध्ययता सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले अब प्रविधिले फड्को मारेको र डिजिटल युगमा एआईको प्रयोग गरेर छिटो काम गर्न सकिने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले एकसाथ परिवर्तन नभए पनि गोरखापत्रमा विस्तारै परिवर्तन भइरहेको बताउनुभयो । १०४ वर्षको उथलपुथल, राज र राणाको पारिवारिक द्वन्द्व स्वार्थलाई देखेको गोखापत्रले आजको परिवर्तनलाई अंगिकार गर्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले पञ्चायतमा राणा शासनलाई जहानियाँ भन्दा राजतन्त्रलाई किन नभन्ने भन्ने विषय आएको उल्लेख गर्नुभयो । उहाँले गोरखापत्रले राजनीतिक परिवर्तन र निर्ममतासँगै योद्धाले आवाज उठाउँदा बिना कारण दुःख दिएको कुरा उठाएको सम्झना गर्नुभयो । प्रधानमन्त्री ओलीले गोरखापत्रको वार्षिकोत्सवको अवसरमा देशको राजनीतिक परिवर्तनका लागि संघर्ष गर्ने योद्धाकोसमेत सम्झना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज आफूले भन्दै आएको ‘समृद्ध नेपाल सुखी नेपाली’को विषय गोरखापत्रले १२४ वर्ष अगाडि लेखेको उल्लेख गर्नुभयो । ‘‘गोरखापत्रले १२४ वर्ष अगाडि ‘सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामय । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःख भाग्जनः ।’ लेखेको छ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...