दस महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा (एमाले)बिच भएको सहमतिअनुसार नै अघि बढ्ने बताउनुभएको छ । बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचेनको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफू मन्त्री बनेको १० महिना भएको र १० महिनाको समय धेरै नरहेको बताउनुभयो । उहाँले विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल जस्तै लाग्ने गरे पनि अहिलेको सरकार परिवर्तन नहुने जानकारी दिनुभयो । उहाँले अहिलेको सरकार १० महिनामै नफेरिने र यस्ता १० महिना तीन-चार वटा अरू पनि कट्ने बताउनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘म मन्त्री बनेको १० महिना भइसक्यो । फेरि १० महिना धेरै पनि होइन । धेरै यसकारण होइन की पहिला पहिला १०—१० महिनामा सरकार फेरिन्थ्यो , त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकाल जस्तो लाग्थ्यो । यसपालि दस महिनामा फेरिँदैन । यस्ता १० महिना हामी तीन, चार वटा अरू बेहोर्छौँ । त्यसो भएको हुनोले १० महिना धेरै भएन ।’’ गृहमन्त्री लेखकले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा कानुनलाई पूर्णता दिएको बताउनुभयो । उहाँले कानुनको अपूर्णताका कारण कामहरू अवरुद्ध भएको बताउनुभयो । नौ महिना यताको समयमा आफूहरूले कानुनलाई पूर्णता दिएको जानकारी दिनुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...