२५६९ बुद्ध जयन्तीमा ककरपत्त नगरमा साताव्यापी कार्यक्रम

Published on

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको पर्यटकीयस्थलको सूचीमा सूचिकृत सरावलको प्राचीन ककरपत्त नगरमा २५६९ बुद्ध जयन्तीको अवसरमा साताव्यापी कार्यक्रम सुरु भएको छ । स्थानीयद्वारा प्राचीन ककरपत्त नगर परिसरको सरसफाइ गरि आज बौद्ध भिच्छुलाई भोजनदान कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकारले ककरपत्त नगरलाई पर्यटकीय गन्तव्यको सूचीमा राखेर यसको संरक्षण र प्रवर्धनको योजना अघि बढाएको छ । ककरपत्त नगर नेपालका पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका अन्तर्गत पर्छ । यो स्थान लुम्बिनी प्रदेशमा पर्दछ, जुन भगवान् बुद्धको सम्बन्धी भूमि क्षेत्रका रूपमा प्रसिद्ध छ ।

सप्ताहव्यापी कार्यक्रम अनुसार वैशाख २६ गते देखी विभिन्न अन्तरक्रिया कार्यक्रम, खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरि २९ गते बुद्धजयन्तीको दिन भव्य रुपमा मनाउनुका साथै सरावलमा रहेको प्राचीन सज्जनेल नगर, कुण्डिय नगर र सायुगा नगर सहितको बौद्ध स्थलको परिचय सहितको पुस्तक समेत लोकार्पण गरिने छ । प्राचीन कोलीय गणराज्य अन्तरगतको प्राचीन ककरपत्त नगर भएको घोषणा गरे पश्चात सो स्थानमा देशी विदेशीको चासो बढ्दै गएको देखिन्छ । कोलवृक्ष बगैँचा रहेको उक्त स्थान केही वर्ष अगाडि मात्रै सो स्थान प्राचीन बौद्धकालीन ककरपत्त नगर रहेको पहिचान गरि औपचारिक रुपमा घोषणा गरिएको थियो । यसलाई पुरातत्व विभागले ककरपत्त क्षेत्र एक प्राचीन स्मारक भएको र उत्खननका लागि पहल भइरहेको गाउँपालिकाका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

यो ककरपत्त नगर पनि बौद्धकालीन एक अति महत्वपूर्ण स्थान हो, जहाँ भगवान बुद्ध आफैँ आएर यो ककरपत्त नगरका निगम (नगर) प्रमुख दिर्घजानुलाई गृह सुख सन्देश सुनाएको स्थान हो । यसलाई पनि बुद्धको महत्वपूर्ण सन्देश दिईएको ऐतिहासिक स्थान हो । भगवान बुद्धले बौद्ध भिच्छुलाई विभिन्न सन्देश र देशना गरिएको भएपनि गृहस्थीहरूलाई कसरी मुक्तिको मार्ग पहिल्याउने सन्देश यो गृहसुख सन्देशमा उल्लेख छ । यसलाई पनि नेपालका र नेपालमा आउने अन्य मुलुकका बौद्धमार्गीलाई यस स्थानको पहिचान गराउन आवश्यक रहेको देखिन्छ । गाउँपालिकाले सो स्थान बौद्ध स्थल भएको र ककरपत्तसँग जोडिएको इतिहाससँग सम्बन्धित केही पूर्वाधार तथा सन्देश दिइने खालको मूर्तिको स्थापना समेत गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ ।

हो, सरावल गाउँपालिका (नवलपरासी पश्चिम, लुम्बिनी प्रदेश) मा अवस्थित प्राचीन ककरपत्त नगर ऐतिहासिक तथा पुरातात्विक दृष्टिले महत्त्वपूर्ण स्थल हो। यो स्थललाई लुम्बिनी प्रदेश सरकारले पर्यटकीय गन्तव्यको रूपमा पहिचान गरेको छ र पर्यटकीय स्थलको सूचीमा सुचीकृत पनि गरिएको छ । ककरपत्त नगरलाई बुद्धकालीन नगर भनेर समेत उल्लेख गरिन्छ, र यहाँबाट प्राचीन सभ्यताको अवशेषहरू फेला परेका छन् । जस्तै पुराना इँटा, मूर्ति, तथा अन्य पुरातात्विक सामग्रीहरू रहेका छन् । यस क्षेत्रको ऐतिहासिक महत्वका कारण यसलाई संरक्षण तथा प्रवर्द्धधन गर्ने उद्देश्यले लुम्विनी प्रदेश सरकारले पर्यटकीय स्थलको सूचीमा समावेश गरेको हो ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...