२५६९ बुद्ध जयन्तीमा ककरपत्त नगरमा साताव्यापी कार्यक्रम

Published on

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको पर्यटकीयस्थलको सूचीमा सूचिकृत सरावलको प्राचीन ककरपत्त नगरमा २५६९ बुद्ध जयन्तीको अवसरमा साताव्यापी कार्यक्रम सुरु भएको छ । स्थानीयद्वारा प्राचीन ककरपत्त नगर परिसरको सरसफाइ गरि आज बौद्ध भिच्छुलाई भोजनदान कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकारले ककरपत्त नगरलाई पर्यटकीय गन्तव्यको सूचीमा राखेर यसको संरक्षण र प्रवर्धनको योजना अघि बढाएको छ । ककरपत्त नगर नेपालका पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका अन्तर्गत पर्छ । यो स्थान लुम्बिनी प्रदेशमा पर्दछ, जुन भगवान् बुद्धको सम्बन्धी भूमि क्षेत्रका रूपमा प्रसिद्ध छ ।

सप्ताहव्यापी कार्यक्रम अनुसार वैशाख २६ गते देखी विभिन्न अन्तरक्रिया कार्यक्रम, खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरि २९ गते बुद्धजयन्तीको दिन भव्य रुपमा मनाउनुका साथै सरावलमा रहेको प्राचीन सज्जनेल नगर, कुण्डिय नगर र सायुगा नगर सहितको बौद्ध स्थलको परिचय सहितको पुस्तक समेत लोकार्पण गरिने छ । प्राचीन कोलीय गणराज्य अन्तरगतको प्राचीन ककरपत्त नगर भएको घोषणा गरे पश्चात सो स्थानमा देशी विदेशीको चासो बढ्दै गएको देखिन्छ । कोलवृक्ष बगैँचा रहेको उक्त स्थान केही वर्ष अगाडि मात्रै सो स्थान प्राचीन बौद्धकालीन ककरपत्त नगर रहेको पहिचान गरि औपचारिक रुपमा घोषणा गरिएको थियो । यसलाई पुरातत्व विभागले ककरपत्त क्षेत्र एक प्राचीन स्मारक भएको र उत्खननका लागि पहल भइरहेको गाउँपालिकाका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

यो ककरपत्त नगर पनि बौद्धकालीन एक अति महत्वपूर्ण स्थान हो, जहाँ भगवान बुद्ध आफैँ आएर यो ककरपत्त नगरका निगम (नगर) प्रमुख दिर्घजानुलाई गृह सुख सन्देश सुनाएको स्थान हो । यसलाई पनि बुद्धको महत्वपूर्ण सन्देश दिईएको ऐतिहासिक स्थान हो । भगवान बुद्धले बौद्ध भिच्छुलाई विभिन्न सन्देश र देशना गरिएको भएपनि गृहस्थीहरूलाई कसरी मुक्तिको मार्ग पहिल्याउने सन्देश यो गृहसुख सन्देशमा उल्लेख छ । यसलाई पनि नेपालका र नेपालमा आउने अन्य मुलुकका बौद्धमार्गीलाई यस स्थानको पहिचान गराउन आवश्यक रहेको देखिन्छ । गाउँपालिकाले सो स्थान बौद्ध स्थल भएको र ककरपत्तसँग जोडिएको इतिहाससँग सम्बन्धित केही पूर्वाधार तथा सन्देश दिइने खालको मूर्तिको स्थापना समेत गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ ।

हो, सरावल गाउँपालिका (नवलपरासी पश्चिम, लुम्बिनी प्रदेश) मा अवस्थित प्राचीन ककरपत्त नगर ऐतिहासिक तथा पुरातात्विक दृष्टिले महत्त्वपूर्ण स्थल हो। यो स्थललाई लुम्बिनी प्रदेश सरकारले पर्यटकीय गन्तव्यको रूपमा पहिचान गरेको छ र पर्यटकीय स्थलको सूचीमा सुचीकृत पनि गरिएको छ । ककरपत्त नगरलाई बुद्धकालीन नगर भनेर समेत उल्लेख गरिन्छ, र यहाँबाट प्राचीन सभ्यताको अवशेषहरू फेला परेका छन् । जस्तै पुराना इँटा, मूर्ति, तथा अन्य पुरातात्विक सामग्रीहरू रहेका छन् । यस क्षेत्रको ऐतिहासिक महत्वका कारण यसलाई संरक्षण तथा प्रवर्द्धधन गर्ने उद्देश्यले लुम्विनी प्रदेश सरकारले पर्यटकीय स्थलको सूचीमा समावेश गरेको हो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...