हरित अर्थतन्त्रमा नेपाल ‘रोल मोडल’ देश बन्नसक्छः जलवायु वित्त विज्ञ क्षेत्री

Published on

काठमाडौँ । जलवायुजन्य विपद्का घटना बढ्दै जाँदा विश्वभर नै विकासको मोडललाई जलवायुमैत्री बनाउनुपर्ने विषयमा हुने बहस तीव्र हुन थालेका छन् । हरित अर्थतन्त्रसम्बन्धी कुनै विशेष बाध्यकारी अन्तर्राष्ट्रिय सन्धी नभए पनि यससँग सम्बन्धित धेरै स्वेच्छिक अन्तर्राष्ट्रिय सम्झौता र घोषणाहरू छन् । जसले देशहरूलाई दिगो विकास र वातावरण संरक्षणतर्फ प्रेरित गर्छन् । यस्ता दस्तावेजहरु हरित अर्थतन्त्रको अवधारणा औपचारिक रूपमा पहिलो पटक सन् २०१२ को रियों २० सम्मेलनमा प्रस्तुत गरिएको थियो । यस सम्मेलनबाट जारी गरिएको “द फ्युचर वी वान्ट” नामक दस्तावेजले हरित अर्थतन्त्रलाई गरिबी न्यूनीकरण, सामाजिक समावेशिता र दिगो विकासमा टेवा पु¥याउने उपायका रूपमा अघि सारेको हो ।

सन् १९९२ को पहिलो पृथ्वी सम्मेलन र त्यसबाट स्थापित एजेण्डा २१ ले पनि हरित अर्थतन्त्रको बारेमा बोलेको पाइन्छ । तर यो अवधारणा सन् २००८ पछि थप चर्चामा आएको हो । त्यसपछि, विभिन्न देशहरूले आफ्ना नीति तथा योजनामा हरित अर्थतन्त्रका सिद्धान्त समावेश गर्न थालेका छन् । यद्यपि यसबारे कुनै बाध्यकारी सन्धी हालसम्म स्थापित छैन । नेपाल सरकारले आगामी जेठमा ‘जलवायु परिवर्तन स् हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित गर्न लागेको सगरमाथा संवादको एउटा मुख्य विषय हो, हरित अर्थतन्त्र (ग्रिन इकोनोमी) । वातावरण संरक्षण, सामाजिक समावेशिता र दिगो आर्थिक विकासबिचको सन्तुलित आर्थिक प्रणाली नै हरित अर्थतन्त्र हो । संवादको नाराले जलवायु परिवर्तन र हिमाललाई जोड्न खोजेपनि थुप्रै अन्तरसम्बन्धित विषयहरु छन् ।

जलवायु परिवर्तनको असरले परेको हानी तथा नोक्सानी, जलवायु न्यायसहित जलवायु कार्यका लागि अन्तर्राष्ट्रिय सहकार्य लगायत विषयलाई संवादमा प्राथमिकता दिने तयारी गरिएको छ । यसै सन्दर्भमा न्यूज एजेन्सी नेपालले जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्रीसँग नेपालका लागि हरित अर्थतन्त्रको आवश्यकता र चुनौतिका सम्बन्धमा विस्तृत कुराकानी गरेको छ । प्रश्तुत छः कुराकानीको आधारमा तयार गरिएको सामग्री ।

हरित अर्थतन्त्रमा नेपाल रोेल मोडल बन्नसक्छ

जलवायु क्षेत्रमा काम गर्दै आएका विज्ञहरुले विकास प्रणालीलाई ग्रीन इकोनोमीमा लैजानसक्ने हो भने नेपाल विश्वमै उदारहणीय मुलुक बन्नसक्ने तर्क गर्दै आएका छन् । सरकारी तथ्याङ्कले अहिले पनि नेपालको ६० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित देखाउँछ । कृषिलाई वातावरण एवम् जलवायुमैत्री बनाउनुपर्ने र त्यसका लागि हरित अर्थतन्त्रको मोडल सहयोगी बन्नसक्ने तर्क पनि गरिन्छ । जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री नेपालले विकासको विद्यमान मोडलमा केही नीतिगत परिवर्तन गर्नसक्ने हो भने कम्तिमा डेढ दशकभित्र हरित अर्थतन्त्रको उत्कृष्ट मोडलको रुपमा विश्वभर पहिचान बनाउनसक्ने दाबी गर्नुभयो ।

जलवायु वित्तको वहस केन्द्रिकृत भयो

सरकार र गैरसरकारी संस्थाका दस्तावेजहरुमा जलवायुकार्य माथिको बुझाई र गतिविधिलाई ‘स्थानीयकरण’ गर्नुपर्ने विषयलाई प्राथमिकता दिएपनि यि कार्य केन्द्रमा मात्रै सिमिति हुँदै आएका छन् । जलवायु न्यायसँग जोडिएको जलवायु वित्तको रकम तल्लो तहमा पुग्न सकेको छैन भने यस सम्बन्ध ज्ञानको पनि कमि देखिन्छ । सरकार र संघसंस्थाका कामहरु केन्द्रमा सिमित हुँदा खास जलवायु अनुकुलन कार्यमा भूमिका निर्वाह गर्ने स्थानीय तह बेखबर जस्तै छ । जलवायु जबसम्म जलवायु वित्त र अनुकुलनमाथिको वहस र बजेट स्थानीय तहमा पुग्दैन तबसम्म जलवायु अनुकूलन कार्यमा अनुभूति हुनेगरी काम हुन नसक्ने तर्क जलवायु वित्त विज्ञ क्षेत्रीको छ । त्यसैले जलवायु कार्यको लागि जलवायु वित्तको अवस्थासँगै सही सदुपयोग भएको विश्वास दिलाउँदै खर्च गर्ने क्षमता विस्तार गर्नुपर्नेमा उहाँले जोडदिनुभयो ।

उहाँले भन्नुभयो ‘अन्तर्राष्ट्रिय समुदायले हामीलाई दिने अुनदानसँगै न्यून ब्याजदरमा ऋण दिएको छ । पछिल्लो समय केही निजी बैंकहरुले जलवायु वित्त ल्याएका छन् र त्यसलाई फोहोरमैलाबाट उर्जा निकाल्ने काममा लगानी गर्न थालेका छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘नेपालमा जलवायु वित्त द्विपक्षीय, बहुपक्षीय र पेरिस सम्झौताअन्तर्गतका संयन्त्रहरुबाट आएको छ । तर ती संयन्त्रहरुबाट अधिकतम फाइदा लिन नेपालले अझै पहल गर्नुपर्छ । प्राप्त रकमको सही सदुपयोग गर्न बाँकी छ ।’’

सगरमाथा संवाद जलवायु कूटनीतिमा नेपालको पहिलो खुड्किलो हो

नेपालले सगरमाथा संवादमार्फत जलवायु परिवर्तनको असरप्रति चासो देखाएको छ । साथै यसका लागि सहकार्य आवश्यक छ भन्ने संदेश पनि दिन खोजिएको छ । छिमेकी लगायत विभिन्न देशका सरकारका प्रतिनिधि र विज्ञहरुलाई बोलाएर जलवायुको विषयमा मन्थन गर्ने फोरमको आयोजना गर्नुले नेपाल हिमालको मुद्दामा गम्भीर छ भन्ने संदेश विश्वलाई दिएको छ । तर यसलाई एउटा कार्यक्रममा सिमिति नगरि दिर्घकालिन योजना बनाएर अघि बढ्नुपर्ने सुझाव विज्ञ क्षेत्रीको छ । उहाँले यस्ता कार्यक्रम र न्यायको खबरदारीमा नेपाल तथ्याङ्कसहित निरन्तर लागि रहनुपर्ने बताउनुभयो । उहाँले सही स्थानमा सही मुद्दा उठानमा सरकार र सरकारका निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘विदेशी मुलुकहरुजस्तै नेपालले सगरमाथा संवादलाई फोरम बनाएर विभिन्न विषयहरु उठान गर्दै जाने र अरुलाई पनि सँगै लिएर हिँड्ने हो भने यसले हाम्रो कुटनीतिलाई फाइदा पु¥याउँछ । वैदेशिक निजी लगानीलाई प्रोत्साहनको साथै अन्तर्राष्ट्रिय विकासका साझेदारहरु पनि सहकार्यका लागि आउन सक्छन् । सगरमाथा संवादलाई एउटा कार्यक्रममा मात्र सिमित गरिदियौ भने हामी धेरै टाढा जाँदैनौं । यसले नेपाल हिमालको मुद्दामा गम्भिर हुँदैछ भन्ने सन्देश दिन्छ ।’’

जलवायु न्यायका लागि नेपाल जलवायुमैत्री हरित अर्थतन्त्रमा जानैपर्छ

पेरिस सम्झौता र आईपिसीसीबाट बाहिर निस्कने अमेरिकाको निर्णयले जलवायु न्यायमा प्रश्न उठेको छ । बेलायतदेखि युरोपसम्मले सहयोग कटौति गर्दा जलवायु न्यायको मेरुदण्ड जलवायु वित्तमा नकारात्मक प्रभाव पर्ने स्पष्ट छ । यसले कम कार्बन उत्र्सजन गरी हरित अर्थतन्त्रको लयमा जान चाहनो नेपालजस्ता देशलाई कठिन हुने देखिन्छ । जलवायु विज्ञहरु आन्तरिक स्रोत व्यवस्थापन, नीति परिर्वतन र विकासको शैलीलाई परिमार्जन गर्दै नेपालले आफ्नो विकासलाई जलवायुमैत्री र हरित अर्थतन्त्रमा रुपमान्तरण गर्नुपर्ने सुझाव दिने गरेका छन् । विज्ञ क्षेत्रीले अन्तर्राष्ट्रिय समुदायबाट जलवायु वित्त अथवा अरु लगानीको नाममा पाउने रकममा पहुँच बढाएर त्यसलाई सहि तरिकाले लगानी गर्नुपर्ने सुझाव दिनुभयो ।

बिना तथ्याङ्क भाषणमा सिमित

जलवायुजन्य घटना र क्षतिको तथ्याङ्क विना नै वक्तव्यमा मात्रै केन्द्रित हुँदा सगरमाथा संवादले खासै प्रभावकारी नतिजा नदिने तर्क हुँदै आएको छ । तर विज्ञहरु भने यो संवादलाई सिकाईको रुपमा लिएर आगामी दिनमा जलवायु जन्य घटनालाई विज्ञानमा आधारित भएर तथ्याङ्क सङ्कलन गर्नुपर्ने सुझाव दिन्छन् । तथ्याङ्क सङ्कलन पछि मात्रै कार्यक्रम गरौ भन्ने कुरा पनि सान्दर्भिक नहुने भएकाले विस्तारै अध्ययन अनुसन्धानलाई पनि बढाउने र मुद्दामा चासो पनि देखाउँदै जानुपर्ने तर्क गर्छन् ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...