नियामक निकाय मुखदर्शक बनेपछि राजविराजका सडक पेटी अतिक्रमण झन् बढ्यो

Published on

काठमाडौँ । राजविराजमा जताततै सडक पेटी अतिक्रमण गरेर पसल थाप्ने चलन बढ्दै गएको छ । यहाँको अदालत रोड स्थित उच्च अदालत जनकपुर राजविराज इजलास देखि राम मन्दिर सम्मको करिब पाँच सय मिटर बाटोमा सडक पेटी र सडक नै छेकेर फुटफाटे पसल थाप्नुले आवतजावतमा बाधा पुगेको हो । हुलाकी सडक अन्तर्गत निर्माण भएको अदालत रोडमा पैदल यात्री हिँड्नका लागि बनाइएको पेटी कतै खालि देखिदैन् । मालपोत कार्यालय सप्तरी अगाडी र वरपर जहाँतहाँ सडक पेटीमा होटेल देखि फुटफाटे पसल र पार्किङले आवतजावतमा कठिनाइ भएको छ । सडक पेटीमा मात्र नभई झन्डै २५ प्रतिशत जति सडक नै छेकेर व्यापार व्यवसाय गर्न थालिए पनि राजविराज नगरपालिकाको ध्यान त्यसतर्फ पुग्न सकेको छैन ।

सडक पेटी र सडक नै छेकेर व्यापार गर्नेहरूमा तरकारी र फलफूल व्यवसायीदेखि चिया र नास्ता पसलेसम्म छन् । सडकमै पसल थापेपछि ओहोरदोहोर गर्ने बाटो साँघुरो हुनुका साथै दुर्घटनाको जोखिम पनि उत्तिकै छ । राजविराज स्थित खानेपानी मोड देखि राम मन्दिर सम्मको अदालत रोडमा जिल्ला प्रशासन कार्यालय, जिल्ला हुलाक कार्यालय, कर कार्यालय, जिल्ला अदालत, वन डिभिजन कार्यालय, उच्च अदालत, मालपोत कार्यालय जस्ता सरकारी कार्यालयहरू छन् । यो सडक बिदाको दिन बाहेक सधैँ सेवाग्राहीले भरिभराउ हुन्छ । एकातिर कार्यालयहरूमा आउने सेवाग्राहीहरूको चाप र अर्कोतिर हाट बजारमा दैनिक उपभोग्य सामग्री किन्न आउने उपभोक्ताको अत्ध्याधिक भिडभाड रहने गरेको बेला सडक नै कब्जा गरेर व्यापार व्यवसाय चलाउनुले सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीयवासी दुखा चौधरीले बताउनुभयो ।

कतिपयले भोजभतेरका लागि सडकमै पण्डालले घेरवार त कसैले घर निर्माणका सामग्री थुपारि दिनाले बजार क्षेत्र नै अस्तव्यस्त बनाएको बनाएको उहाँको भनाई छ । पैदल यात्रुका लागि बनाइएको बाटोसँगै सडक समेत छेकेर सञ्चालनमा ल्याइएका यस्ता पसलहरू अविलम्ब हटाउनु पर्ने स्थानीयहरूले माग गरेका छन् । राजविराज स्थित हटियाको पनि अवस्था यस्तै छ । नुन देखि सुन सम्म किन्न आम सर्वसाधारण राजविराजको मुटुमा रहेको हटिया आउने गर्दछन् तर, त्यहाँ नगरपालिकाले अतिक्रमण हटाएर बनाइएको नाला, सडक पेटी फेरी अतिक्रमणमा पर्दा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ हुँदै आएको छ । सडक पेटीमै दुवैतर्फ पसल थापेर व्यापार गर्न थालिएपछि साँझ पख आउजाउ गर्नमा समस्या हुँदै आएको भए पनि नगरपालिकाले व्यवस्थित बनाउन सकेको छैन ।

सडक पेटी अतिक्रमण हटाउन राजविराज नगरपालिका सँग समन्वय भइरहेको बताउनु हुन्छ सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल । उहाँले हटियामा निर्माणाधीन सपिङ कम्प्लेक्सको निर्माण सम्पन्न भएर नगरपालिकालाई हस्तान्तरण भएपछि धेरै हदसम्म यो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले सडक पेटी अतिक्रमण छिट्टै हटाइने जानकारी दिनुभयो । यसअघि सडक पेटी खाली गराएको थिएँ, यो बिचमा म बाहिर गएँ नगरपालिकाले ध्यान नदिँदा फेरी अतिक्रमण भएको जनगुनासो आएको छ, नगरपालिकाले छिट्टै नै अतिक्रमण हटाएर आवागमनलाई सहज बनाउने छ” उहाँले भन्नुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...