धरानमा साकेला उभौली सुरु

Published on

काठमाडौँ । किराँत राई समुदायहरूको महान चाड साकेला उभौली आजबाट सुरु भएको छ । किराँत राईहरूले वर्षको दुई पटक साकेला उभौली र उद्यौली चाडलाई धुमधाम साथ मनाउने गर्दछन् । किराया सुनसरीले साकेला उभौली ५०८५ को अवसरमा धरान–१३ को आयोजनामा धरान–१४ स्थित हाङ बुद्धीकर्ण राईको दरबारक्षेत्र विजयपुरवाट विधिवत रूपमा डोलझ्याम्टा फुकाइ सुनसरी जिल्ला भित्र रहेका विभिन्न वडा कार्य समिति र भाषिक संस्थाहरूले आजबाट उभौली पर्व सुरु गरेको किरात राई यायोक्खा सुनसरीको अध्यक्ष राजेन्द्र राईले जानकारी दिनुभयो ।

समय साल राम्रो होस्, अन्नवाली सप्रियोस, सहबसोस र अनिकाल नलागोस्, सबै जीव प्राणीहरूमा सुख शान्ति होस् भन्दै सिमेभूमे पूजागरी साकेला नाचेर नयाँ अन्नवाली लगाउने चाड नै साकेला उभौली हो । त्यसैगरी अन्नवाली पाकेर घरभित्राए पछि घरभित्र गाडिएको पवित्र चुलालाई चढाई आफ्ना पितृहरूलाई आशिक मागि नयाँ अन्नबाली खाने र वरदाजुभाइ, चेलीमाईती, इष्टमित्र भेला भई खुसीयाली मनाउने चाड नै साकेला उद्यौली हो । किराँत राईहरूको सांस्कृतिक एकताको प्रतिकको रूपमा रहेको साकेला सिली पछिल्लो समय किराँतीहरू बसोवास गरेको देशहरूमा समेत भव्यताको साथ मनाउने गर्दछ । भारत, हङ्गकङ्ग, बेलायत, जापान, सिङ्गापुर, अमेरिका, दक्षिण कोरिया, कतार, मलेशिया, अष्ट्रेलिया आदि देशहरुमा किराँत राईहरूको बसोवास रहेको ठाउँमा नाच्न थालिएको छ । यो किराँत राईहरूमा आएको सांस्कृक्तिक जागरण र आफ्नो संस्कार र संस्कृतिप्रतिको माया, सम्मान पनि रहेको अध्यक्ष राईले बताउनुभयो ।

उभौली पर्व उत्सव मात्र नभएर परम्परागत संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्दै लैजानु पनि महत्त्वपूर्ण रहेकोले ऐतिहासिक संस्कृक्तिलाई विश्व सामु परिचित गराउनु देशभित्रका अन्य जात जातिको मौलिक संस्कृतिहरूसँग सद्भाव कायम राख्नु, विभिन्न चर र पाछाका किरात राईहरूमा समन्वय र सद्भाव कायम गर्नु सांस्कृतिक पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले हरेक साल साकेला उभौली मनाउँदै आएकोे अध्यक्ष राईले बताउनुभयो । सुनसरीमा २४ स्थानमा औपचारिक कार्यक्रमहरू गरी उभौलि पर्व मनाइने अध्यक्ष राईले बताउनुभयोे । ’साकेला उभौली वैशाख पूर्णिमाको दिन देखि विधिवत रूपमा सुरु गरि १५ दिन सम्म आ“गनमा स्याउली गाडेर धुमधामसँग साकेला सिली नाची यो चाडलाई मनाउने गरिन्छ,’ उहाँले भन्नुभयो ।

पछिल्लो समय युवापुस्तामा किरात समुदायको भेषभुषा, गरगहना लगाउने र साकेला नाच्ने आकर्षण समेत बढ्दै गएको छ । हातमा सेउली, चमर लिएर, ढोल, झ्याम्टाकासाथ किरात समुदायका मात्र नभएर अन्य जाति समुदायका युवायुवतीहरू पनि रमाउने गरेका छन् । वैशाख पूर्णिमाको अवसरमा सोमबारबाट सुरु भएको साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर लगायत किराँत समुदायको बसोवास रहेको संसारको सबै ठाउँहरूमा साकेला नाच नाच्दै हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

किरात राईहरूको गौरवशाली जातीय संस्था किरात राई यायोक्खा सुनसरीले साकेला सिलीको संरक्षण, सम्वर्धन, विकास र यसको मौलिकतालाई बचाई राख्ने उद्देश्यले २०५८ सालदेखि प्रत्येक वर्ष साकेला उभौलीको अवसरमा किराया वडा कार्य समिति स्तरीय प्रतियोगितात्मक साकेला सिली प्रदर्शनीको आयोजन समेत गर्दै आइरहेको छ । उभौली पर्वको अन्तिम पन्ध्रौं दिन जेठ १७ गते भने धरान–१७ साकेला सांस्कृतिक पार्कमा सुनसरी जिल्ला भरिका किराया समितिहरूको प्रतियोगितात्मक साकेला सिली प्रदर्शनी २०८२ हुने छ ।साकेला सिलीमा प्रथम हुनेलाई ४० हजार, दोस्रो ३० हजार र तेस्रो हुनेलाई २० हजार प्राप्त गरिने भएको छ । यसैगरि कार्यक्रममा धरान बाहिर र धरान भित्रको वडा स्तरिय गरि १३ वटा विधाबाट नगद र प्रमाण पत्रबाट पुरस्कृत गरिने छ । जसमा प्रथमलाई ७ हजार, दोस्रोलाई ६ हजार र तेस्रोलाई ५ हजार प्रदान गरिने भएको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...