राष्ट्रको बृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भव : अध्यक्ष दाहाल

Published on

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त हाम्रो समाजमा राष्ट्रको बृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्रै सम्भव हुने उल्लेख गर्नुभएको छ । उभौली पर्वको अवसरमा उहाँले आज शुभकामना व्यक्त गर्दै लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक, धार्मिक स्वतन्त्रता, पहिचान, भाषा र संस्कृतिको अधिकारलाई यस्ता चाडपर्वले थप जीवन्त बनाएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “किरात समुदायको मौलिक संस्कृति, कृषि चक्र र प्रकृतिपूजासँग जोडिएको पर्व उभौलीको अवसरमा किरात समुदायलगायत र समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।” उहाँले उभौली प्रकृतिसँग सहअस्तित्व, श्रमशील जीवनशैली र सामाजिक सन्तुलनको सांस्कृतिक उत्सव भएको बताउँदै यो पर्वले हामीलाई परिवर्तनलाई आत्मसात् गर्दै सामाजिक न्याय, पहिचानको सम्मान र अधिकारको संरक्षणतर्फ अग्रसर हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यस पर्वले किरात समुदायको गौरवपूर्ण सांस्कृतिक सम्पदाको जगेर्ना गर्नुका साथै समावेशी, न्यायपूर्ण र समानतामूलक समाज निर्माणतर्फ योगदान पुगोस् भन्ने कामना पनि गर्नुभएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...