धिरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीलाई तीन अङ्क

Published on

काठमाडौँ । शहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब सरस्वती युथका स्ट्राइकर धिरेन्द्रबहादुर शाहको प्रतिबन्ध अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फुकुवा गरेको छ । धिरेन्द्रको प्रतिबन्ध फुकुवासँगै एन्फाको अपिल समितिले सरस्वतीलाई बस्ती युथ क्लबविरुद्धको नतिजा उल्ट्याएर तीन अङ्क दिइएको छ । एन्फाले मङ्गलबार सरस्वतीलाई पत्र पठाउँदै धिरेन्द्रको प्रतिबन्ध फुकुवा गरेकोले उहाँले लिगका बाँकी तीन खेल खेल्न पाउने निर्णय गरेको हो । तीन अङ्क थपिएसँगै सरस्वतीको रेलिगेसन डर टरेको छ । यसअघि एन्फाको प्रतियोगिता समिति र अनुशासन समितिले धिरेन्द्रलाई खेलमा प्रतिबन्ध गरेको थियो । नयाँ बस्ती युथ क्लबका टिम म्यानेजर विकास राईले चैत ७ गते सरस्वतीविरुद्धको खेलमा धिरेन्द्रविरुद्ध उजुरी गर्नुभएको थियो ।

उजुरीमा धिरेन्द्रले विभिन्न मितिमा टुसाल र सरस्वतीसँग लिग खेल्न सम्झौता गरेको दाबी गरिएको थियो । धिरेन्द्रले २०७९ ‘बी’ डिभिजन लिगका लागि टुसालसँग सम्झौता गर्नुभएको थियो । तर लिग समयमै नभएपछि उहाँ जारी लिगका लागि सरस्वतीमा अनुबन्ध हुनुभएको थियो । धिरेन्द्रको फुकुवा भएकै दिन मङ्गलबार सरस्वती क्लबले वीरगन्ज युनाइटेड क्लबमाथि सहज जित निकालेको छ । एन्फा मैदान सातदोवाटोमा भएको खेलमा सरस्वतीले वीरगन्जलाई ३–० गोलले हरायो । सरस्वतीलाई जित दिलाउन ज्ञानेन्द्र जोशी, नरेशकुमार खत्री र धिरेन्द्रबहादुर शाहले गोल गर्नुभयो । जितसँगै ११ खेलबाट १५ अङ्क बनाएको सरस्वती आठौँ स्थानमा उक्लिएको छ । पराजित वीरगन्ज चौथो स्थानमा झरेको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...