नागरिक उन्मुक्तिका चौधरी पर्यटनमन्त्री बन्ने

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने लगभग पक्कापक्की भएको छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीलाई मन्त्री बनाउनका लागि नागरिक उन्मुक्ति पार्टीको प्रदेश संसदीय दललाई पत्राचार गरेपछि उहाँ पुनः मन्त्री बन्ने लगभग निश्चित भएको हो । यसअघि चौधरी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुनुहुन्थ्यो । हिजो बसेको प्रदेश संसदीय दलले मन्त्री बन्नेको नाम टुङ्गो लगाउन नसकेपछि पार्टी संरक्षक रेशमलाल चौधरी र अध्यक्ष श्रेष्ठको जिम्मा छोडेको थियो । संसदीय दलको बैठकले संसदीय दललाई अधिकार प्रत्यायोजन गर्ने सर्वसम्मत निर्णय गर्दै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री सिफारिसका लागि नाम पठाउन आग्रहसहित पत्राचार गरेको थियो । अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन भन्दै प्रदेश संसदीय दललाई निर्देशनात्मक आधिकारिक पत्र पठाउनु भएको छ । चौधरी अध्यक्ष श्रेष्ठ पक्षधर मानिनु हुन्छ ।

संसदीय दलले मन्त्री नियुक्तिका लागि सम्भवतः आजै प्रदेश सरकारलाई सिफारिस गर्ने नागरिक उन्मुक्ति प्रदेश संसदीय दलका प्रमुख सचेतक इन्दिरा गिरीले जानकारी दिनुभयो । नागरिक उन्मुक्ति पार्टीको लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय खाली रहेको छ । यसअघि, उन्मुक्तिबाटै लक्ष्मण किशोर चौधरीले सो मन्त्रालय सम्हाल्नु भएको थियो । तर, वनसम्बन्धी कार्यविधि बनाउने सवालमा लेनदेनको कुरा गरेको विवादास्पद् अडियो बाहिरिएपछि उहाँले मन्त्री पदबाट राजीनामा दिनु भएको थियो । चौधरी चैत १३ गते पदबाट राजीनामा दिएपछि यो मन्त्रालय मन्त्रीविहीन छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...