विस्थापित हुँदै टाङ्गा घोडा सवारी पेशा

Published on

काठमाडौँ । एक ठाउँबाट अर्को ठाउँमा अवतजावत गर्न सबभन्दा पुरानो सवारीसाधनको रुपमा रहेका टाङ्गा घोडा सवारी पेशा विस्थापित हुँदै गएपछि यस पेशमा लागेकाहरु मारमा परेका छन्। पहिलापहिला सदरमुकाम गौरबाट ग्रामिण भेगमा आवतजावत गर्न एक मात्र प्रयोग हुने टाङ्गा अहिले आएर टेम्पु आएपछि हराउँदै गएको हो । यात्रुहरु टेम्पु, ईरिक्साबाट छिटो छरितो तथा न्यून भाडामा आवतजावत गर्न रोज्ने भएकाले टाङ्गाको प्रयोग घट्न थालेका छन् । दैनिक रुपमा टाङ्गा चलाएर आफनो घरपरिवार चलाउने व्यवसायीहरु व्यवसाय घट्न थालेको तथा यात्रुको रुचि घट्दै गएपछि आफू गरी कैयौँ व्यवसायी अन्य पेशामा लाग्नुपरेको टाङ्गा व्यवसायी पनिलाल महतोले बतानुभयो । “लामो समयदेखि आफूले टाङ्गा चलाएर घरपरिवार चलाउँदै आइरहेकोमा अहिले जिप, बोलेरो, स्कोरपियो तथा टेम्पु लगायत अन्य सवारीसाधन आएपछि टाङ्गाकोे महत्व घटेपछि बाध्य भएर आफूले खेतीपाती तथा भैंसीपालन तर्फ लागेको उहाँले बताउनुभयो ।

परापूर्वकालदेखि नै तराइका विभिन्न स्थानमा सञ्चालन हुँदै आएको टाङ्गा गाउंँदेखि नगरको शोभाको रुपमा रहँदै आएकोमा गत केहि समययता विभिन्न खाले मोटरगाडी चल्न थालेपछि यसको उपयोगिता निकै कम भएको अर्का शेख इसरायलले मियाँले बताउनुभयो । उहाँले टाङ्गाको प्रयोग घटेपछि आफूले परापूर्वकालको पेशा छाडी कुखुराको मासु विक्री वितरण गरी घर परिवार चलाउने गरेको बताउनुभयो । बाटोघाटोको समुचित व्यवस्था नभएको, बाटो भएपनि जिर्ण रहेको ठाउँमा सजिलै तथा मोटर नपुग्ने स्थानहरुमा टाङ्गा सजिलै पुग्ने हुदा यात्रुहरु आरामदायिक यात्राका लागि टाङ्गा रोज्ने गरेका थिए तर अहिले सो ठाउँमा टेम्पु सजिलै जाने गरेका कारण टाङ्गा व्यवसायीलाई अन्य पेशामा लाग्नुपरेको टाङ्गा व्यवसायीहरु बताउँछन् ।

पहिलापहिला टाङ्गा व्यवसायमा संलग्नहरु प्रत्येक दिन बिहान चार पाँच बजे आफनो गाउँबाट यात्रुहरु लिई टकटक घोडा कुदाउँदै करिब १० कि.मि. यात्रा पार गरेर जिल्ला सदरमुकाम गौर आइपुग्थे । सदरमुकाम आइसकेपछि दिनभरि यात्रुहरुलाइ सिमापारी भारतका बैरगनीयास्थित रेल्बेस्टेस्न तथा जिल्लाकै बिभिन्न स्थानसम्म पुर्याउने उनको दिनचर्याको विषय भैइसकेको थियो तर अहिले त्यो काम टेम्पुले गर्ने गरेको कारण अब टाङ्गा नाम मात्रमा सिमित हुदै जाने समाजसेवी अरुण सिंहले बताउनुभयो ।

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...