नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

Published on

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका मालवाहक सवारी ६ दिनदेखि सडकमै रोकिएका छन्।

काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेका ट्रक चालक राजेश विकले तीन दिन जंगलमै गाडीभित्र सुत्नु परेको र गर्मी तथा खानपानको ठूलो समस्या झेल्नु परेको बताए। अहिले भने आरुङखोला बजार क्षेत्रमा गाडी होल्ड गरिएको छ, जसले खानपान केही सहज बनाएको उनले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जराका अनुसार लामो समयदेखि रोकिएका केही गाडी फर्किएका छन् भने बाँकीलाई बजार क्षेत्रतर्फ सारिएको छ। साँघुरा स्थानका सवारी साधनलाई सुरक्षित स्थानमा राख्ने प्रयास भइरहेको छ।

पूर्वबाट पश्चिमतर्फ जाने गाडी विनयी खोलामा रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका सवारी दाउन्नेको चिप्लो सडकमा अड्किएका छन्। विनयी खोलाको डाइभर्सन आठपटक बगिसकेपछि अब नयाँ डाइभर्सन नबनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिए।

हल्का सवारी साधनलाई वैकल्पिक बाटो (झन्डै २८ किलोमिटर लामो) दिउँसो मात्रै चल्न दिइएको छ, तर साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

गत पुस २६ मा विनयी खोलाको पुल भत्किएपछि अस्थायी डाइभर्सनमार्फत यातायात चलिरहेको थियो। तर खोलामा आएको बाढीले उक्त डाइभर्सनसमेत बगाउँदै ल्याएपछि यातायात पूर्णरूपमा ठप्प भएको हो।

spot_img

ताजा समाचार

प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

काठमाडौं । फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९...

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ

काठमाडौं । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको...

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने

काठमाडौं । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने...