काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा लगायत १४ जना र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
विद्युतीय शव दाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषलाई हानि पुर्याएको आरोपमा मुद्दा दायर गरिएको हो। मुद्दामा पूर्व सदस्य सचिव राजकुमार खत्री र पूर्व कार्यकारी निर्देशक डा. घनश्याम खतिवडासमेत संलग्न छन्।