देशभर सक्रिय हुँदै मनसुन, पूर्वी नेपाल हुँदै देशभर भारी वर्षाको सम्भावना

Published on

काठमाडौँ — भोलि बिहानदेखि पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीका कारण देशभर व्यापक वर्षा हुने मौसमविद्हरुले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यूनचापीय रेखा सामान्यभन्दा अलि उत्तरतिर सरेको र वर्षा गराउने प्रणाली नेपालतर्फ प्रवेश गरिरहेकोले पूर्वी भूभाग हुँदै लुम्बिनी प्रदेशसम्म र पर्सि पश्चिम नेपालमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ।

‘देशभर बादल लाग्ने छ। तर यस पटक पनि मधेश प्रदेशमा ठूलो पानी पर्ने सम्भावना न्यून छ,’ मौसमविद् मानन्धरले जानकारी दिनुभयो। हिजोसम्म मधेशमा पनि वर्षाको सम्भावना रहेको भए पनि प्रणालीमा आएको फेरबदलका कारण ठूलो पानी पर्ने सम्भावना कम हुँदै गएको उहाँको भनाइ छ।

भोलि आइतबार र पर्सि सोमबार व्यापक वर्षा भए पनि सोमबार राति वा मंगलबार बिहानदेखि मौसम खुल्ने सम्भावना रहेको उहाँले बताउनुभयो।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बागमती, कोशी र गण्डकी नदी जलाधार क्षेत्रमा ठूलो वर्षा हुनसक्ने भएकाले बाढी पहिरोको जोखिमसमेत बढेको छ। उहाँले पृथ्वीराजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढ सडक खण्डमा भोलि र पर्सि अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गर्नुभएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...