धनगढीमा सहायक वन अधिकृत यादव ७ लाख ३१ हजार घुससहित पक्राउ

Published on

धनगढी  – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण शंकर यादव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा घुससहित पक्राउ परेका छन्। अख्तियारको महेन्द्रनगरस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले यादवलाई सोमबार धनगढीमै कार्यरत कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो। यादवको साथबाट घुसबापत लिएको रु. ७ लाख ३१ हजार नगद पनि बरामद गरिएको अख्तियारले जनाएको छ।

उक्त घुस रकम कुन प्रयोजनका लागि लिइएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यादवमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ।

सार्वजनिक पदमा बसेका कर्मचारीबाट हुने यस्ता क्रियाकलापले सेवाग्राहीको अधिकार हनन हुने भएकाले अख्तियारले यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुन अनुसार कारबाही गरिने स्पष्ट पारेको छ। यस घटनाले सुदूरपश्चिममा सरकारी निकायभित्रको पारदर्शितामाथि पुनः प्रश्न उठाएको छ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...