सङ्घीय निजामती सेवा र नागरिकता विधेयक दफावार छलफलका लागि समिति पठाइयो

Published on

काठमाडौँ – राष्ट्रिय सभाले सङ्घीय निजामती सेवा विधेयक, २०८० र नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ दुवैलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निजामती सेवा विधेयकलाई समिति पठाउने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सभाले सर्वसम्मतिले प्रस्ताव पारित गरेको हो।

सङ्घीय निजामती सेवा विधेयकमाथि ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा जालझेल भएको भन्दै संसदीय छानबिन समिति समेत गठन भइसकेको छ। सो व्यवस्थाले कर्मचारी समायोजन र स्थानान्तरण प्रक्रियामा अन्योल ल्याएको भन्दै प्रदेशस्तरीय असन्तुष्टि पनि देखिएको छ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले प्रस्तुत गरेको नागरिकता (दोस्रो संशोधन) विधेयक पनि दफावार छलफलका लागि सोही समितिमा पठाइएको हो।

राष्ट्रिय सभाको अर्को बैठक साउन ११ गते बस्नेगरी स्थगित गरिएको छ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...