मितेरी पुल बगाएपछि चीनको सहयोगमा केरुङमा रोकिएका नेपाली तातोपानी नाकाबाट फिर्ता

Published on

काठमाण्डौ – रसुवामा आएको बाढीका कारण मितेरी पुलसमेत बगाएपछि चीनको केरुङमा अलपत्र परेका नेपाली नागरिकलाई चीन सरकारले तातोपानी नाकासम्म ल्याइदिएको छ। नेपाल सरकारको औपचारिक अनुरोधपछि चीनको परराष्ट्र मन्त्रालयको समन्वयमा २०३ जना नेपाली नागरिकहरूलाई आज (साउन ७ गते) तातोपानी नाका हुँदै नेपाल फिर्ता गराइएको हो।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार, उद्धार गरिएका सबै नेपाली नागरिकलाई तातोपानी नाकाबाट नेपाली प्रशासनले जिम्मा लिएको छ। जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको नेतृत्वमा उनीहरूलाई सीधै काठमाण्डौतर्फ पठाइने व्यवस्था मिलाइएको अधिकारीले जानकारी दिए।

गत असार २४ गते रसुवाको ल्हेन्दे खोलामा आएको भीषण बाढीले मितेरी पुल र सडकको संरचना पूर्ण रूपमा ध्वस्त पारेर सीमा आवत–जावत ठप्प पारेको थियो। सो क्रममा नाकाको तिब्बततर्फ रहेका ७२ जना नेपाली कन्टेनर चालक तथा अन्य व्यापारीहरू समेत जोखिममा परेका थिए। ती सबैलाई चीन सरकारले तत्काल उद्धार गरेर केरुङस्थित सुरक्षित स्थानमा राखेको थियो।

यस अवधिमा चीन सरकारले उनीहरूलाई खाना, आवास, औषधोपचारलगायतका सम्पूर्ण सुविधा उपलब्ध गराएको थियो। नेपाल फर्काइएका नेपाली नागरिकहरूमा कन्टेनर चालक, व्यापारी, मजदुरलगायत विभिन्न व्यवसायमा संलग्न व्यक्ति छन्।

सरकारका अनुसार बाँकी बाटो मर्मतका काम भइरहेकाले रसुवा नाका अझै केही समय बन्द रहनेछ। यसबीचमा दुवै देशबीच समन्वय गरेर वैकल्पिक नाका प्रयोग गरी उद्धार तथा सामान ढुवानी कार्य भइरहने जनाइएको छ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...