विद्यादेवी भण्डारीद्वारा पत्रकार सम्मेलन आज, एमालेको निर्णयविरुद्ध राजनीतिक प्रतिवादको घोषणा हुने

Published on

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्न लागेकी छन्। उक्त सम्मेलनमार्फत उनले नेकपा एमालेले आफूलाई पार्टी राजनीतिमा सक्रिय हुन नदिने निर्णयप्रति सार्वजनिक धारणा सार्वजनिक गर्ने बताइएको छ।

उनी निकट स्रोतका अनुसार भण्डारीले एमालेको पछिल्लो निर्णयको कडा आलोचना गर्दै प्रतिवादको घोषणा गर्नेछिन्। साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले विद्यादेवी भण्डारीलाई पार्टी सदस्यतासमेत खारेज गर्दै सक्रिय राजनीतिमा सहभागी हुन रोक लगाउने निर्णय गरेको थियो। एमालेले संविधानको मर्म र भावनाविपरीत कुनैपनि पूर्वराष्ट्रपति पुनः सक्रिय राजनीतिमा आउन नहुने तर्क गरेको छ।

तर भण्डारी यस निर्णयप्रति असहमति जनाउँदै संविधानले नागरिकलाई राजनीतिक सहभागिताको स्वतन्त्रता दिएको अधिकार उल्लेख गर्दै प्रतिवाद गर्न लागेकी हुन्। एमालेको निर्णयपछि उनले देशव्यापी राजनीतिक अभियान सञ्चालन गर्ने तयारीसमेत थालेकी छिन्।

आजको पत्रकार सम्मेलनमा उनले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्नुका साथै आगामी राजनीतिक यात्रा र कार्यक्रमबारे जानकारी दिने अपेक्षा गरिएको छ। भण्डारीको यो कदमले एमालेभित्रको आन्तरिक विवाद झनै चर्किने संकेत देखिएको छ भने राष्ट्रिय राजनीतिमा पनि नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...