प्रधानमन्त्री ओली आज महोत्तरी र बारा भ्रमणमा, विभिन्न पूर्वाधार योजनाको उद्घाटन गर्ने

Published on

प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न पूर्वाधार परियोजनाको उद्घाटन तथा जनसभालाई सम्बोधन गर्ने उद्देश्यले महोत्तरी र बारा जिल्लाको भ्रमणमा जाँदै छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीका अनुसार प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमाथिको पुल, वडा नं ६ मा निर्माण सम्पन्न भएको नयाँ प्रसूतिगृह, तथा जनसभाको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसैगरी महोत्तरीकै जनकपुर–कुर्था–सम्सी सडकखण्ड अन्तर्गत रौजास्थित रातुखोला पुलको उद्घाटन पनि प्रधानमन्त्रीबाटै गरिनेछ।

यसपछिको कार्यक्रम बारा जिल्लामा रहेको छ, जहाँ प्रधानमन्त्री ओलीले परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नुका साथै सभालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको आजको भ्रमणलाई स्थानीय स्तरमा निकै महत्वका साथ हेरिएको छ, किनभने उद्घाटन हुन लागेका पूर्वाधारहरू जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने खालका छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...