सिन्धुपाल्चोकमा १२ घण्टामा ११८ मिलिमिटर पानी, डोटी र मकवानपुरमा पनि भारी वर्षा

Published on

काठमाडौँ – देशका विभिन्न भागमा मनसुन सक्रिय बन्दै जाँदा पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोक, मकवानपुर र डोटीमा ठूलो पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा धेरै पानी सिन्धुपाल्चोकमा मापन गरिएको छ।

महाशाखाको गोब्रे वर्षा मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकमा ११८ मिलिमिटर वर्षा भएको छ। यसबाहेक, डोटीमा ६४.६ मिलिमिटर र मकवानपुरमा ६३.६ मिलिमिटर पानी परेको जानकारी दिइएको छ।

रातिको समयमा सोलुखुम्बु र पूर्वका केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको बताइएको छ। तर, मधेश प्रदेशमा भने अझै वर्षा हुन सकेको छैन।

मौसमविद्हरूका अनुसार हाल मनसुनी वायुको प्रभाव कमजोर रहेको छ, जसका कारण केही क्षेत्रमा मात्र वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरिएको छ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...