पोखरा–मुग्लिन सडक पश्चिम खण्डको ५५ प्रतिशत भौतिक प्रगति, दुई पुल अझै अधुरो

Published on

कास्की – पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पोखरा जामुने खण्डको भौतिक प्रगति ५५ दशमलव १० प्रतिशत पुगेको छ। वित्तीय प्रगति भने ४२ दशमलव ५० प्रतिशत रहेको आयोजनाले जनाएको छ। कुल ३८ दशमलव ८८ किलोमिटर लम्बाइको यस सडकखण्डमा हालसम्म ३७ दशमलव ७० किलोमिटर सडकमा एकतर्फी पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ।

२६ दशमलव ३८ किलोमिटर सडक दुईतर्फी चार लेन र १० दशमलव ३२ किलोमिटर खण्डमा एकतर्फी दुई लेनको कालोपत्र भइसकेको छ।

वि.सं. २०७८ को भदौमा सुरु गरिएको यो सडक खण्डको निर्माण कार्यका लागि तोकिएको ठेक्का म्याद आगामी पुस महिनामा सकिँदैछ। तर, निर्माण कम्पनीले तोकिएको समयमै काम नगरेपछि अहिलेसम्म दुईपटक म्याद थपिएको हो । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्म विस्तार गरिएको यस सडकमा आधा खण्ड छ लेन र आधा खण्ड चार लेनको हुनेछ।

पश्चिम खण्डमा पर्ने १३ वटा पुलमध्ये हालसम्म ११ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी दुई पुलको निर्माण कार्य जारी छ। पुलहरूमध्ये तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा रहेका पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...