नेपाललाई डिजिटल स्वास्थ्य रूपान्तरणतर्फ लैजाने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

Published on

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सन् २०२५ मा आयोजना भएको बोआओ फोरम अन्तर्गतको एशिया स्वास्थ्य फोरमलाई सम्बोधन गर्नुभएको छ। “नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य” विषयक पूर्ण सत्रमा सम्बोधन गर्दै उहाँले नेपालले डिजिटल स्वास्थ्यतर्फ रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिअन्तर्गत सक्रिय रूपमा काम गरिरहेको जानकारी दिनुभयो।

मन्त्री पौडेलले नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्नेसँगै सेवा गुणस्तर सुधारमा पनि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। साथै, स्वास्थ्य पहुँचबाहिर रहेका नागरिकलाई समेत समेट्ने नीतिमा जोड दिँदै उहाँले क्षेत्रीय सहकार्यको लागि नेपाल सधैं तयार रहेको सन्देश दिनुभयो।

फोरम अन्तर्गतको “जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभाव” विषयक सत्रमा पनि मन्त्री पौडेलले सहभागिता जनाउँदै जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका स्वास्थ्य संकटबारे प्रकाश पार्नुभयो।

उहाँले जलवायु र स्वास्थ्यका मुद्दा आपसमा गासिएका विषय भएको उल्लेख गर्दै यसका असरहरू उजागर गर्न नेपालले विशेष सम्मेलन आयोजना गर्ने तयारीमा रहेको घोषणा गर्नुभयो।

जलवायुजन्य स्वास्थ्य संकटसँग जुध्नका लागि नेपालले अवलम्बन गरिरहेका उपायहरूबारे जानकारी दिँदै उहाँले यो विषयलाई साझा एजेन्डा बनाउन नेपालले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

चीन भ्रमणका क्रममा मन्त्री पौडेलले बेइजिङमा बसोबास गरिरहेका नेपाली समुदायसँग पनि भेटघाट गर्दै समसामयिक विषयमा संवाद गर्नुभएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...