साउनको मध्यतिर पुग्दा देशभर ७८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न

Published on

काठमाण्डौ – साउनको मध्यतिर पुग्दा देशभर ७८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ। धान उत्पादनमा अगाडि रहेका मधेश र कोशी प्रदेशमा अपेक्षाकृत कम रोपाइँ भएकाले यो वर्ष धान उत्पादनमा असर पर्ने संकेत देखिएको छ। बाली विकास तथा कृषि जैविक विविधता केन्द्रका अनुसार मधेश प्रदेशमा हालसम्म झन्डै ५२ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ।

मधेशमा कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा धान रोपिने भए पनि हालसम्म मात्र १ लाख ९३ हजार १ सय १६ हेक्टरमा रोपाइँ भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब आधा मात्रै हो। गत वर्ष साउनको यसै समयमा मधेशमा ९२ प्रतिशत रोपाइँ सकिएको थियो।

धान उत्पादनमा दोस्रो स्थानमा रहेको कोशी प्रदेशमा पनि रोपाइँ सुस्त छ। यसपटक कोशीमा करिब ८० प्रतिशत रोपाइँ भएको छ, जबकि गत वर्ष सोही समयमा ९० प्रतिशत पूरा भइसकेको थियो।

सबैभन्दा राम्रो प्रगति सुदूरपश्चिम प्रदेशमा देखिएको छ, जहाँ ९९ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ। त्यस्तै कर्णाली र लुम्बिनी प्रदेशमा झन्डै ९२ प्रतिशत, बागमतीमा ८७ प्रतिशत, र गण्डकी प्रदेशमा ८४ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ।

जलवायुजन्य असहजता, ढिलो वर्षा र सिंचाइ सुविधाको अभावले तराईका प्रमुख धान उत्पादन क्षेत्रहरूमा रोपाइँमा ढिलाइ भएको विश्लेषण गरिएको छ। कृषि विज्ञहरूले यदि अबको केही दिनभित्रै व्यापक वर्षा भएन भने उत्पादनमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...