भारी वर्षा पूर्वानुमान:सतर्क रहन प्राधिकरणको अनुरोध अनावश्यक यात्रा नगर्न आग्रह

Published on

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका बासिन्दालाई असोज १७ गतेदेखि २० गतेसम्म अत्यावश्यक काम बाहेक लामो यात्रा नगर्न आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले ती प्रदेशका विभिन्न जिल्लामा लगातार भारी वर्षा हुने पूर्वानुमान गरेकाले नदी तथा खोला–खालामा आकस्मिक बहाव बढ्ने, पहिरो र डुबानको जोखिम उच्च रहने चेतावनी दिइएको हो। विशेषगरी बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तहमा पुग्न सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन, राति वा दुर्गम स्थानतर्फ यात्रा नगर्न, डुबान वा पहिरोको जोखिम भएका बस्तीका बासिन्दाले सुरक्षित र अग्लो स्थानमा बस्न तयार रहन र आवश्यक परे तत्काल स्थानान्तरण गर्न प्राधिकरणले आह्वान गरेको छ। साथै जिल्ला विपद् व्यवस्थापन समितिहरूले बाटो र मौसमको अवस्थाअनुसार सवारी आवागमन रोक्ने वा सञ्चालन गर्ने निर्णय गर्ने भएकाले त्यसलाई पालना गर्न सबैलाई अनुरोध गरिएको छ। तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला संस्थालाई प्रतिकार्यका लागि सतर्क अवस्थामा रहन, जोखिमयुक्त सडकमा तुरुन्त प्रयोग गर्न डोजर, एक्साभेटर, लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न समेत निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...