पछिल्लो ६ घण्टामा देशभर ६४ मिलिमिटर वर्षा, मधेशमा सबैभन्दा धेरै

Published on

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा देशभर औसत ६४ मिलिमिटर वर्षा मापन गरिएको छ। मधेश प्रदेशमा सबैभन्दा बढी वर्षा भएको छ, जहाँ वीरगञ्जमा मात्रै ६४ मिलिमिटर पानी परेको छ।

गौर, महेशपुर, कलैया, टाँडी र ठोरीमा पनि ५० मिलिमिटर हाराहारी वर्षा भएको छ। मधेशसँगै बागमती र गण्डकी प्रदेशमा पनि धेरै वर्षा मापन गरिएको छ भने कोशी, लुम्बिनी र सुदूरपश्चिममा कम मात्रामा वर्षा भएको छ।

काठमाडौँ उपत्यकामा गोदावरीमा सबैभन्दा बढी ४१ मिलिमिटर वर्षा भएको छ, भने खुमलटार, चन्द्रागिरी, नगरकोट, कपन र कलंकीमा पनि उल्लेख्य वर्षा मापन गरिएको विभागले जनाएको छ।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...