पाँचथरमा बोलेरो दुर्घटना : मृतकको सङ्ख्या ६ पुग्यो

Published on

काठमाडौं । तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिकेमा बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जाकारी दिनुभयो ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरानका लागि छुटेको जिप शनिबार दिउँसो करिब १२ बजे दुर्घटनामा परेको थियो ।

मे १ ज ३०५५ नम्बरको जिप बिहान तमोर करिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ रानीगाउँस्थित कात्तिकेमा सडकबाट करिब तीनसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिपमा चालकसहित १२ जना यात्रु सवार रहेको र मृतकमध्ये ६ जानको घटना स्थलमै मृत्यु भएको हो । अन्य छ जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी थप उपचारका लागि धरानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी खेमराज घिमिरेले जानकारी दिनुभयो ।

घटनास्थलमा अझै उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ । घाइते र मृतकहरुको नाम वतन खुल्न नसकेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...