असोज १९ र २० गते देशभर सार्वजनिक बिदा

Published on

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले नेपाल सरकारले असोज १९ र २० गते ९आइतबार र सोमबार० देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै बिदाको घोषणा गरेको हो। मन्त्रालयका अनुसार हाल देशका विभिन्न भागमा वर्षा भइरहेको र आगामी दुई दिन अझै ठूलो मात्रामा वर्षा हुने पूर्वानुमान भएकाले विपद् जोखिम न्यूनीकरणका दृष्टिले सतर्कता अपनाउनु आवश्यक देखिएको छ।

सार्वजनिक बिदा अत्यावश्यक सेवा सञ्चालनमा खटिने कार्यालयहरूबाहेक सबै सरकारी, सार्वजनिक तथा शिक्षण संस्थाहरूमा लागू हुनेछ।

मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जारी गर्नुभएको सूचनामा भनिएको छ— “अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कनुहुन र सुरक्षित स्थानमा बस्न सबै नागरिकसँग अनुरोध छ।”

वर्षाका कारण बाढी, डुबान, भू–क्षय, पहिरो जस्ता घटनाको सम्भावना रहेकाले विशेषगरी नदी किनार, पहाडी भू–भाग र जोखिमयुक्त स्थानमा सतर्कता अपनाउन भनिएको छ। साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने सम्भावना मन्त्रालयले जनाएको छ।

यसअघि मौसम विभागले पश्चिम र मध्य तराई, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको थियो।

सरकारले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन सबै स्थानीय तह, सुरक्षा निकाय, तथा सम्बन्धित कार्यालयहरूलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ।

नागरिकहरूलाई पनि अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सरकार तथा सम्बन्धित निकायबाट जारी सूचना नियमित रूपमा फलो गर्न आग्रह गरिएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...