तुइनखोलामा पहिरो, मुग्लिन–नारायणगढ सडक बन्द

Published on

काठमाडौं । तुइनखोलामा लगातार पहिरो खस्न थालेपछि मुग्लिन–नारायणगढ सडक खण्ड बन्द भएको छ । भारी वर्षाका कारण तुइनखोलामा ससाना पहिरो खस्न थालेपछि बाटो अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जोखिम बढेकाले यातायात बन्द गरिएको जानकारी दिनुभयो ।

दिउँसो एकतर्फी सवारी साधन चले पनि ३ बजेदेखि बन्द गरिएको छ । अहिले पनि ढुङ्गा खसिराखेको प्रहरीले जानकारी दिएको छ । मुग्लिन मलेखु सडक खण्डअन्तर्गत चितवनको फिसलिङमा आएको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ । दिउँसो १ बजे खसेको पहिरो २ बजे पन्छाएपछि यातायात सञ्चालनमा आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...