मेची राजमार्ग १२ घण्टाका लागि बन्द

Published on

काठमाडौं । बाढी पहिरोको जोखिम रहेको मेची राजमार्ग आज साँझ ७ बजेदेखि १२ घण्टाका लागि बन्द गरिएको छ । मेची राजमार्गको झापा–इलाम सिमाना जोरकलशदेखि इलाम–पाँचथर सिमाना राँके बजारसम्म भोलि बिहान ६ बजेसम्मका लागि सडक बन्द गरिएको हो ।

सम्भावित बाढी पहिरो र बिपद जोखिम कम गर्न जिल्ला प्रशासन कार्यालयले आज सडक सञ्चालनमा पूर्णरुपमा रोक लगाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सम्भावित क्षति हुन नदिनका लागि मेची राजमार्गमा साना तथा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो ।

यसैबिच सडक डिभिजन कार्यालय इलामको मेची राजमार्गको जोरकलशदेखि ताप्लेजुङको सुकेटार बिमानसम्म सडक पूर्णरुपमा बन्द गर्ने भएको छ । कार्यालयले केचना कञ्चनजंघा सडक समेत पूर्णरुपमा ठप्प रहने जनाएको छ । लागातारको बर्षापछि राजमार्गमा पहिरो झर्न थालेको छ भने स्थानीय खोलामा पानीको बहाव बढन थालेको छ ।

मेची राजमार्गको पाँचथर र इलाम खण्डमा मात्रै दश ठाउँमा पहिरोको जोखिम रहेको सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समितिले प्रक्षेपण गरेको छ । सबैभन्दा धेरै जोखिम मेची राजमार्गको इलाम खण्डमा रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति इलामका अनुसार इलाम खण्डमा पर्ने सूर्योदय नगरपालिका –११ तीनघरे, रोङ गाउँपालिका –४ कोल्बुङ, रोङ गाउँपालिका –३ चुच्चेढुङ्गा, इलाम नगरपालिका ४ बाघखोर, इलाम नगरपालिका –५ चुरेघाँटी, इलाम नगरपालिका –१० राजदुवाली, इलाम नगरपालिका –४ पुवाखोला, देउमाइ नगरपालिका –१ रक्से, पाँचथर खण्डमा पर्ने फिदिम नगरपालिका –४ रमिते र फाल्गुनन्द गाउँपालिका –३ पाङ्ग्रेभीर क्षेत्रमा पहिरोको जोखिम छ ।

यस्तै, केचना कञ्चनजंघा करिडोरमा पर्ने बेलासे र भोर्लेनी, राँके रवि सडक खण्डका पाँचथर, धनकुटा र इलाम खण्डमा पर्ने विभिन्न स्थानमा पनि पहिरोको जोखिम छ ।

यसैगरी पाँचथरमा पर्ने फिदिम फालौट सडक खण्डमा पर्ने फिदिम १ र ११ को फेमेखोला, तमोर करिडोर अन्तर्गत तुम्वेवा –२ को नावाखोला, मध्यपहाडी राजमार्गको याङवरक –३ रिजाल भीर र याङवरक –२ को फलामखोला र मेवा खोलालगायत सडकमा बाढी पहिरो र विपदजन्य दुर्घटनाको जोखिम रहेकाले यस क्षेत्रबाट अत्यावश्यक काम नपरी यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...