दुई दिनको वर्षाले आएको विपत्तीमा ३९ जनाको ज्यान गयो

Published on

काठमाडौं । शनिबार र आइतबार दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको ज्यान गइसकेको सशस्त्र प्रहरीको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार ११ जना बेपत्ता र १३ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार कोशीमा सबैभन्दा बढी ३६ जनाको ज्यान गएको छ । जसमध्ये इलाममा २७ जनाको ज्यान गएको छ । ५ जना बेपत्ता छन् । उदयपुरमा २ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । त्यस्तै, खोटाङमा एक जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् । पाँचथरमा ६ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

सोहीअनुसार मधेसको रौतहटमा ३ जनाको ज्यान गएको छ । बारामा एक जना बेपत्ता भएका छन् । त्यस्तै, बागमतीको रसुवामा ४ जना बेपत्ता भएका छन् । त्यस्तै काठमाडौेंमा एक जना बेपत्ता भएका छन्, मकवानपुरमा १ जना घाइते भएका छन् । पानी पर्नेक्रम जारी रहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...