सप्तरीको सप्तकोशीमा ६० घरपरिवार डुबानमा

Published on

काठमाडौं । सप्तरीको सप्तकोशी नगरपालिका–६ बोचहीका ६० घर परिवार डुबानमा परेको छ। त्रियुगा नदीको बाढी सो बस्तीमा पसेपछि डुबानमा परेको हो । डुबानमा परेकामध्ये अति प्रभावित छ घरपरिवारलाई उद्धार गरी स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो।

डुबानमा परेका परिवारलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले उद्धार गरिएको उहाँले बताउनुभयो ।

सप्तकोशी नगरपालिकास्थित त्रियुगा नदीमा आएको बाढी तटबन्धमाथि बगेर बोचही बस्तीमा पसेको प्रजिअ पोखरेलले बताउनुभयो। लगातार दुई दिनदेखिको वर्षाले जिल्लामा कहाँ कहाँ कति क्षति पुर्‍याएको र वस्तुस्थिति बुझ्न सुरक्षा निकायको दुई वटा अलअलग टोली खटाइएको उहाँले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...