झापामा बाढीले हुलाकी मार्ग भत्कायो, दुईसय घर डुबानमा

Published on

काठमाडौँ । झापाको झापा गाउँपालिका–२ मा आइतवार बिहान आएको बाढीले हुलाकी राजमार्गको करिब २०० मिटर भाग भत्काएको छ। कन्काई खोलामा आएको बाढीले सडक कटान गरेपछि पानी बस्तीमा पसेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाढीका कारण करिब दुईसय घर परिवार डुबानमा परेका छन्। प्रभावित परिवारलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ।

सडक भत्किएर बाढी बस्तीमा पस्दा स्थानीयमा त्रास फैलिएको थियो। जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको प्रहरीले जनाएको छ।

कन्काई खोलामा पानीको बहाव खतराको सतर्कता सीमाभन्दा माथि पुगेकोले थप सतर्कता अपनाउन आग्रह गरिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...