इलाममा भीषण बाढीपहिरो : ३७ जनाको ज्यान गयो, ४ अझै बेपत्ता

Published on

काठमाडौं । इलाममा गए राति परेको अविरल वर्षासँगैको बाढी र पहिरोले अहिलेसम्म ३७ जनाको ज्यान लिएको छ भने ४ जना अझै बेपत्ता रहेका छन्।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालका अनुसार मृतकहरू सूर्योडय नगरपालिका–५ मा ५ जना, इलाम नगरपालिका–६ मा ६ जना, सन्दकपुर गाउँपालिकामा ६ जना, माङसेबुङमा ३ जना, देउमाई नगरपालिकामा ८ जना, माइजोगमाई गाउँपालिकामा ८ जना र फाकफोकथुम गाउँपालिकामा १ जना छन्।

साथै, सन्दकपुरमा २ जना, माइजोगमाईमा १ जना र इलाम नगरपालिका–६ मा १ जना गरी ४ जना बेपत्ता भएको जनाइएको छ।

मृतकमध्ये ११ जनाको पोस्टमार्टम भइसकेको छ भने बाँकीको उद्धार तथा शव परीक्षणका लागि इलाम अस्पताल ल्याइँदैछ। खोज, उद्धार र राहत कार्यमा सुरक्षाकर्मी तथा स्थानीयवासी परिचालित छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...