रतुवा खाेलामा आएको बाढीले ६५ भन्दा बढी परिवार प्रभावित

Published on

काठमाडौं । अविरल वर्षासँगै रतुवा खोलामा आएको बाढीका कारण झापाको कमल गाउँपालिका वडा ७ मा ६५ भन्दा बढी घर डुबानमा परेका छन् । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार कमल गाउँपालिकामा वडा ७ सबैभन्दा बढी प्रभावित बनेको पाइएको छ ।

बाढीका कारण २६ घर परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको र थप ४२ घरपरिवार डुबानका कारण प्रभावित बनेको राईले जानकारी दिनुभयो । वडा कार्यालयको संयोजनमा तत्कालै खानेकुरासहितको राहत प्रदान गरिएको उहाँले बताउनुभयो ।

स्थानीयको घरगोठसहित स्थानीय विद्यालय, मन्दिर लगायतका सार्वजनिक स्थलहरु समेत बाढीका कारण प्रभावित बनेको वडाध्यक्ष पृथ्वीपति राईले बताउनुभयो । सोमबार बिहानदेखि पानीको बहाव कम भएपछि केही सहज भएको उहाँको भनाइ छ ।

वडा ६ को खयरबारीमा पनि खोलाको किनारमा कटान तीव्र बनाएर तटबन्ध भत्काउने अवस्थामा पुग्न लागेको वडाध्यक्ष नरेन्द्र भट्टराईले बताउनुभयो । सशस्त्र प्रहरी र स्थानीय मिलेर तटबन्ध जोगाउने काम सुरु गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...