सुदूरपश्चिममा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

Published on

काठमाडौं, असोज २० – सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा सोमबार दिउँसोदेखि मङ्गलबार बिहानसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ।

महाकाली बेसिन कार्यालयका प्रमुख सञ्जय शाहका अनुसार बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुनी वायुसँग सम्बन्धित न्यूनचापीय रेखा हाल नेपालबाट बाहिरिसकेको भए पनि, स्थानीय वायुले असर गरिरहेकोले केही स्थानहरूमा वर्षाको सम्भावना देखिएको हो।

हाल कञ्चनपुर र कैलाली जिल्लामा सामान्य बदली देखिएको छ। स्थानीय वायुको प्रभावका कारण यी जिल्लाका केही स्थानहरूमा निकट भविष्यमा सामान्यदेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

शाहका अनुसार, पूर्ण रूपमा मनसुन नेपालबाट नहटेकाले अझै केही दिन मौसम परिवर्तनशील रहनेछ। यद्यपि, सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना भने नरहेको स्पष्ट गरिएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...