छोराद्वारा आमाकाे हत्या

Published on

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकठेरीमा एक युवकले आमाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रहार गरी ५४ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन् ।

प्रहरी उपरीक्षक ९एसपी० भेषराज रिजालका अनुसार घटनापछि यमबहादुरलाई आइतबार राति ९ बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको छ । प्रहरी घटनास्थलमा पुग्दा कँडेल हातमा खुँडा बोकेर हिँडिरहेको अवस्थामा भेटिएका थिए । पछि उनी घरभित्र प्रवेश गरेपछि प्रहरीले उनलाई त्यहीँबाट नियन्त्रणमा लिएको एसपी रिजालले जानकारी दिनुभयो ।

आफ्नै आमाको हत्या गर्नुको कारण भने खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...