सेनाको हेलिकाेप्टरबाट चार जना गर्भवतीकाे उद्धार

Published on

काठमाडौं । इलाममा बाढी पहिरोमा फसेर पैदल मार्गबाट उद्धार गर्न नसकिएका व्यक्तिको आज बिहानैदेखि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिरहेको छ ।

इलाम जिल्ला माइजोगमाई गा।पा। ५ शिरसिरेबाट विद्या राई, इलाम जिल्ला सन्दकपुर गा।पा। १ छाँगेबाट कमलादेवी राई, पाँचथर जिल्ला फिदिम न।पा। १२ पुल भञ्‍याङ्गबाट २४ वर्ष वर्षीया लिम्सा लिम्बु र संखुवासभा जिल्ला भोटखोला गाउँपालिका वडा ३ हुङगुङबाट ४२ वर्षीया छिटेक भोटे गरी जम्मा चार जना गर्भवती महिलाहरूको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी बि।एण्ड।सि। अस्पताल झापा र कोशी प्रादेशिक अस्पताल विराटनगर लगिएको हो ।

यसअघि इलामको माबुवाट ४ जनालाई आजै बिहान हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । सडक मार्गबाट उद्धार गर्न नसकिएपछि हेलिकोप्टरमार्फत् उद्धार गरिएको गडिथुम्कास्थित नेपाली सेनाको रणशार्दूल गणका प्रमुख प्रल्हाद घलेले जानकारी दिनुभयो ।

जिल्लााभर आज पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोज अभियान, उद्धार र राहतका लागि काम गरिरहेको इलामका प्रमुख जिल्ला अधिकारी सुनीता नेपालले जानकारी दिनुभयो ।

शनिबार रातीको बाढी पहिरोमा परी इलाममा ३७ जनाको ज्यान गएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...