सूर्योदय नगरपालिकाद्वारा बाढी–पहिरो पीडितलाई राहत, मृतक परिवारलाई दुई लाख रुपियाँ

Published on

काठमाडौं । इलामको सूर्योदय नगरपालिकाले हालैको बाढी तथा पहिरोमा ज्यान गुमाएका व्यक्तिहरुको परिवारलाई राहतस्वरूप दुई लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्र बाढी–पहिरोका कारण ज्यान गुमाउने प्रत्येक व्यक्तिको परिवारलाई दुई लाख रुपियाँ दिने र एउटै परिवारमा थप सदस्यको मृत्यु भएको खण्डमा प्रति सदस्य एक लाख रुपियाँ थप उपलब्ध गराउने निर्णय गरेको हो। नगर प्रमुख तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर राईको अध्यक्षतामा सम्पन्न बैठकले पीडित परिवारलाई राहत उपलब्ध गराउनुका साथै बिस्थापित घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने, आवश्यक राहत सामग्री तुरुन्तै वितरण गर्ने र उद्धार कार्य प्रभावकारी बनाउन १४ वटै वडालाई सक्रिय बनाउने निर्णयसमेत गरेको छ।

बैठकमा दीर्घकालीन रुपमा विपद् व्यवस्थापनलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा विस्तृत छलफल भएको थियो। बैठकले जोखिमयुक्त क्षेत्रको पहिचान, उद्धार तथा राहत संयन्त्र सुदृढ गर्दै स्थानीयस्तरमै तत्काल प्रतिक्रिया दिने प्रणाली विकास गर्ने प्रतिबद्धता जनाएको छ।

सूर्योदय–१ मानेभञ्ज्याङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ। मृतकमध्ये मानेभञ्ज्याङकै ६५ वर्षीया मनमाया क्षेत्री र १० वर्षीया बस्मिका क्षेत्री रहेका छन् भने दोलखा जिल्लाबाट दशैं मनाउन आएका ४५ वर्षीय दीप बस्नेत, ४४ वर्षीया भवानी बस्नेत र १२ वर्षीया दिव्या बस्नेतको पनि ज्यान गएको हो। उक्त घटनाले स्थानिय स्तरमै ठूलो पीडा र क्षति निम्त्याएको छ।

विपद्का कारण नगर क्षेत्रमा खानेपानी आपूर्तिमा समेत गम्भीर असर परेको छ। उपप्रमुख दुर्गाकुमार बरालका अनुसार, पहिरोले विभिन्न स्थानका खानेपानी पाइप बगाएका कारण मर्मत कार्य भइरहे पनि खानेपानी सेवा सुचारु हुन केही समय लाग्नेछ। सडक यातायातमा पनि व्यापक क्षति पुगेको छ। सूर्योदय–माइजोगमाई जोड्ने मयूखोलाको कल्भर्ट बगाएको छ भने फिक्कल–नयाँबजार सडकका धेरै स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको छ। वन वातावरण तथा विपद् व्यवस्थापन शाखाका संयोजक राजकुमार लिम्बूले सबै अवरोध हटाएर यातायात सुचारु गर्न समय लाग्ने जनाउँदै, तत्कालका लागि वैकल्पिक मार्गको खोजी र दीर्घकालीन समाधानका लागि पहल आवश्यक रहेको बताए।

संपूर्ण विपद् व्यवस्थापन प्रक्रिया प्रभावकारी बनाउने उद्देश्यले सूर्योदय नगरपालिकाले देखिएको मानवीय तथा भौतिक क्षतिको तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रमलाई प्राथमिकता दिएको छ। दीर्घकालीनरूपमा पूर्वतयारी तथा पूर्वसावधानी अपनाउने उपायहरू कार्यान्वयन गर्दै जोखिम न्यूनिकरणमा नगरले सक्रियता देखाइरहेको छ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...