धनकुटाका दुई स्थानमा झुण्डिएको अवस्थामा दुई पुरुषको शव फेला

Published on

काठमाडौं । धनकुटा जिल्लाका दुई फरक स्थानमा झुण्डिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ। एकजना मृतक आफ्नै दिदीको घरको कोठाभित्र झुण्डिएको अवस्थामा भेटिए भने अर्का व्यक्ति घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

पहिलो घटना साँगुरीगढी गाउँपालिका–४, एक्सेरुङमा भएको हो। करिब ४५ वर्षीय एक पुरुष आफ्नै दिदी फूलमाया लिम्बूको घरमा पाहुना आएका थिए। उनी सोमबार साँझ करिब साढे ५ बजे घरको माथिल्लो तलाको कोठाभित्र प्लास्टिकको सुत्रीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन्। घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो।

दोस्रो घटना भने महालक्ष्मी नगरपालिका–१, मचेपु पारी खाप्राङमा भएको हो। करिब ५५ वर्षीय हिक्मत दर्जी घर छेउमा रहेको गोगनको रुखमा कपडाको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मंगलबार बिहान करिब ८ बजे फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ। घटनाका कारण र पृष्ठभूमिबारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको डिएसपी कार्कीले बताउनुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...