सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा डेढ करोड सहयोग

Published on

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि नेपाल सरकारलाई एक करोड पचास लाख रुपियाँ सहयोग गरेको छ।

सो रकम भौतिक पूर्वाधार कोषमा जम्मा गरिनेछ । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचना पुनः निर्माणका लागि सो सहयोग प्रदान गरिएको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम थापाले दिनुभयो ।

अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त रकम बराबरको चेक अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरिएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले विगतदेखि नै प्राकृतिक विपत्, शिक्षा, स्वास्थ्य, र सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न क्षेत्रमा योगदान गर्दै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...