झापाको दमकमा सुतिरहेको अवस्थामा ५ वर्षीय बालकको मृत्यु, प्रहरी अनुसन्धान सुरु

Published on

काठमाडौं । झापाको दमकमा एक ५ वर्षीय बालक सुतिरहेको अवस्थामा मृत फेला परेका छन्। मंगलबार बिहान बालकको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार, दमक नगरपालिका–५, धनेश्वर चोक बस्ने चन्द्रमान रिमालका छोरा लविस रिमाल सुतेकै अवस्थामा मृत भेटिएका हुन्। प्रहरी निरीक्षक तथा इलाका प्रहरी कार्यालय दमकका प्रमुख राम तिम्सिनाका अनुसार, बालक लविस सोमबार राति बुवासँगै खाना खाई एउटै कोठामा सुतेका थिए। तर, मंगलबार बिहान ६ बजे उठेर हेर्दा उनी निष्प्राण अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।

घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया र प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीका अनुसार बालककी आमा विदेशमा (माल्दिभ्स) रोजगारमा गएकी थिइन्, र गत वर्ष त्यहीँ उनको पनि मृत्यु भएको थियो।

प्रहरीले घटनालाई संवेदनशील मानेर नजिकबाट अनुसन्धान गरिरहेको जनाएको छ। मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि मात्र यकिन हुने बताइएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...